आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै विद्यालय बन्द
भाषा शर्मा / बागलुङ बैशाख ८ । परिक्षाफल प्रकाशित गर्दा नाम छुटेको विषयलाई लिएर लेखानी उच्च माविका चार शिक्षकलाई वाईसिएलले कुटपिट गरेका छन् । कुटपिटबाट उच्च् माविका प्राचार्य विस्नुदत्त सुवेदी, शिक्षक खिमानन्द कंडेल, खगराज कडेल र देवीप्रसाद गौतम घाईते भएका छन् ।
शिक्षकहरुलाई बुधवार दिउसो विद्यालयमा पुगेर वाईसिएल कार्यकर्ता नर बहादुर क्षेत्री राजुको नेतृत्वमा गएको समुहले कुटपिट गरेको हो । घाईते शिक्षकहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
कक्षा ८मा अध्ययन गर्ने एक छात्राको परिक्षाफल प्रकाशित गर्दा त्रुटी भएको विषयलाई लिएर आक्रमण गरेको घाईते शिक्षक खिमानन्द कंडेलले बताए । वाईसिएल कार्यकर्ताले अफिस कोठामा प्रवेश गरी रेडियो कम्युटर तोडफोड र कागजात समेत च्यातेको विद्यालयका शिक्षक खिमानन्द कँडेलले बताउनु भयो ।
आजै विद्यालयमा बसेको शिक्षक तथा कर्मचारीको वैठकले कुटपिट गरेको विरोधमा विद्यालय अनस्चितकालकालागि बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थामा प्रवेश गरी शिक्षकमाथि हातपात गरेकोले शिक्षक विद्यार्थी सुरक्षित नभएको भन्दै आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ l
Wednesday, April 21, 2010
वाईसिएलको कुटाईबाट लेखानी उच्च माविका चार शिक्षकहरु घाईते
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment