दिलबहादुर छत्याल, धनगढी, बैशाख १२ - माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सुदुरपश्चिमकै नमुना सामुदायिक बिद्यालय ऐश्वर्य बिद्या निकेतन तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख तथा प्राचार्य धर्मदेव भट्टलाई कुटपिट गरेका छन् ।
आइतबार बिहान करिव साढे ८ बजेतिर आएको बिद्यार्थी समूहले प्राचार्यको कार्यकक्ष भित्र एकाएक पसेर तोडफेड गरेको थियो। तोडफोडवाट टेवलका सिसा पुरै फुटेर क्षती ग्रस्त भएका छन। टेवल, सोफा , कुसी र सिल्ड पनि तोडफोड भएको छ ।
तोडफोड गरिसकेपछि बाहिर प्रांगणमा बसेका क्याम्पस प्रमुख तथा प्राचार्य भट्ट माथि हात र लातले कुटपिट गरेका थिए ।
अखिल क्रान्तिकारीले बन्दको घोषणा गरेको भनिएको निजी बिद्यालयमा ऐश्वर्य बिद्या निकेतन नपर्ने भएकाले पुर्व निर्धारित प्रेबश परिक्षा संचालन गरिएको प्राचार्य भट्टले बताए ।
'यो सार्वजनिक गुठी अन्तर्गत दर्ता बिद्यालय हो । यो समुदायको सम्पत्ती हो । यसमा २५ देखि ४५ प्रतिशत भर्ना शुल्क बढाइएको पनि छैन ।' उनले भने- 'उनीहरुले निजी बिद्यालय बन्द भनेका छन। यो निजीमा पढ्दैन भनेर हामीले प्रबेश परिक्षा मात्र लिएका हौ ।'
'एकाएक बिद्यार्थीको समूह आई कार्यालयमा पसेर तोडफोड गर्यो। हामी वाहिर चौरमा उभिएका थियौ। कुनै कुरा नै नगरी मलाई कुटपिट गर्नथाले।' उनले भने - 'मैले कुनै गल्ती पनि गरेको छैन। किन गरे बुझ्न सकेको छैन।'
प्रत्यक्षदर्शी बिद्यालयका शिक्षक डम्बर महतोले एक्कासी कार्यालयमा तोडफोड गरेर वाहिर चौरमा बसेका प्राचार्य भट्ट माथि कुटपिट गरेको बताए।
यसैगरि क्रान्तीकारी बिद्यार्थीहरुले बन्दको अबज्ञा गरेको भन्दै मोडर्न ऐरा हाइस्कुल पनि तोडफोड गरेका छन। बिद्यालयका प्रिन्सिपल आर. सि. यादव माथि कुटपिट गरेका छन।
भर्ना शुल्क बढाएको बिरोधमा अखिल क्रान्तीकारीले देशब्यापी रुपमा अनिश्चितकालिन निजी बिद्यालय बन्द घोषणा गरेका थिए। तोडफोड गर्ने कसैलाईल अहिलेसम्म पक्राउ गरेको छैन।
सुरक्षा सतर्कता भनाईमा मात्र सिमित
माओवादीले देशब्यापी रुपमा जनबिद्रोहका लागी युवा युवतीलाई अर्धसैन्य तालिम दिइरहेको कुरालाई ध्यानमा राखेर मन्त्रिपरिषदको बैठकले उच्च सुरक्षा सर्तकर्ता अपनाइएको भनेर भनिएपनि सुरक्षा ब्यवस्था निकै फितलो रहेको पाइएको छ।
बिहान करिव ८ बजेतिर मोडर्नएरा हाइस्कुलमा बिद्यार्थीको झण्डा सहितको एक समहु गएर तोडफोड गर्नुका साथै प्रिन्सिपल माथी कुटपिट गर्यो। त्यसको आधाघण्टा पछि त्यो समुह ऐश्वर्य बिद्या निकेतन पुग्यो। बिद्यालय तोडफाड गर्यो। प्राचार्य कुटपिट गर्यो। यतीवेला सम्म सुरक्षाकर्मी देखिएका थिएनन्। उनीहरुले घटनाको सुइको नै नपाएको रहेछ। घटनाको करिव डेढ घण्टापछि साढे ९ बजे प्रहरी टोली ऐश्वर्य बिद्या निकेतन पुग्यो। तर प्रहरीलाई मोडनऐरामा तोडफोड भएको भने त्यतीवेला सम्म पनि उनीहरुलाई पत्तो थिएन्।
प्रहरी निरिक्षक रंजित सिंह राठौरले तोडफोड भएको जानकारी नै ढिलो पाइएकोले घटनास्थलमा ढिलो पुगेको बताए।
माओवादीले बैशाख १८ गते हुने जनप्रदर्शन निर्णायक बनाउन ठाउँठाउँमा अर्धसैन्य परिक्षण दिइरहेको छ। अन्तिम बिद्रोह गर्ने घोषणा गरिरहेको माओवादीको भातृसंगठनले देशब्यापी गरेको आमहडतालमा सुरक्षा निकायलको फितलो उपस्थिती देखेर भनाईमा मात्र उच्च सतर्कता हो कि भनेर सर्वसधारणले टिप्पणी गरेका छन । (नागरिकन्यूज)
Sunday, April 25, 2010
अखिल क्रान्तिकारीद्वारा क्याम्पस प्रमुखमाथि आक्रमण
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment