मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

आगोमा जलेर ६२ घरगोठ नष्ट, गाउँलेको बिचल्ली

१० बैशाख, लिवाङ । बुधवारदेखि रोल्पाको गैरीगाउँ गाविस-७ स्थित सामुदायीक बनमा लागेको आगो आसपासका बस्तीमा फैलदा ६२ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट गैरीगाउँ तथा करेटी गाविसका ५५ र नुवागाउँका ७ घरगोठ जलेर नष्ट भएका हुन् । अझैपनि करिब आधा दर्जन ठाउँमा आगलागी भइरहेको छ ।

गैरीगाउँ गाविसका ढोडेनी, सालमाजा तथा करेटी गाविसका टुक्ला, श्रीगातिना, कवरलगायत गाउँमा अझै पनि आगलागी भईरहेको छ । त्यसैगरी त्रिवेणी, रानागाउँ, बर्तिबाङमा पनि आगो फैलिएको छ । आगोको धुवाँले पुरै गाउँ ढाकेपछि गाउँलेहरुको स्वास्थ्यमा समस्या देखिएको छ ।

घरगोठ जलेका रोल्पालीले खुल्ला आकाशमा रात काटेका छन् । कतिपय आफन्तको घरमा शरण लिएर बसेका छन् । बालबालिका र बृद्धबृद्धाको अबस्था दयनीय छ । विहीबार प्रमुख जिल्ला अधिकारी हरीप्रसाद बास्तोलासहितको टोलीले बितरण गरेको राहत पनि पर्याप्त नभएको उनीहरुको गुनासो छ ।

बच्चापाइले सामुदायिक बनबाट बुधवारदेखि सुरु भएको आगलागि नजिकैको नागा गाउँ हुदै आसपासका बस्तीमा फैलिएको हो ।

जनमुक्ति सेना, प्रहरी र स्थानीयबासीले स्याउला, माटो र पानीले आगो निभाउने प्रयास जारी राखेका छन् । आगो निभाउने प्रयास गर्दा गैरीगाउँ-९ सालमाजाका फारसबहादुर खत्रीको बुधबार जलेर ज्यान गएको थियो । (अनलाइनखबर)

0 comments: