अमृता अनमोल बुटवल, वैशाख १० - माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) विद्यार्थीले शुक्रबार बुटवलको ए बोर्डिङ स्कूलमा तोडफोड गरेका छन् ।
निजी शिक्षण संस्थामा शुल्क वृद्धि गरिएको विरोधमा आन्दोलन गरिरहेका क्रान्तिकारीका विद्यार्थीले वेवास्ता गरेको भन्दै दीप वोर्डिङको लेखा शाखामा तोडफोड गरेका हुन् ।
तोडफोडवाट लेखा शाखा र त्यहाँ रहेको कम्प्युटर क्षतिग्रस्त भएका छन् । क्रान्तिकारीका रुपन्देही अध्यक्ष टिपि रिजालले वैशाख ७ गतेवाट लेखा शाखामा तालाबन्दी गरिएको भएपनि विद्यालयले शाखावाट काम गरेर आन्दोलनको वेवास्ता गरेकाले तोडफोड गरिएको बताए ।
विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले भने क्रान्तिकारीको आन्दोलनलाई वेवास्ता गर्ने कुनै काम विद्यालयवाट नभएपनि तोडफोड हुनु विडम्बना भएको बताए ।
दिप वोर्डिङमा गरिएको तोडफोडपछि आक्रोसित बनेको निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याप्सन) रुपन्देहीले शुल्क नघटाउने बरु निजी विद्यालयमाथि भैरहेको आक्रमण विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । प्याव्सनका जिल्ला अध्यक्ष विष्णु पन्थीले निजी विद्यालयलाई आखाको तारो बनाएर प्रहार गर्ने प्रवृत्ति विरुद्ध आन्दोलनमा जाने बताए ।
रुपन्देहीका निजी विद्यालयहरुले नयाँ शैक्षिक सत्रसंगै २० देखि २५ प्रतिशत शुल्क बढाएका छन् । बढेको शुल्क विद्यालयले फिर्ता नदिने अडान लिएपछि त्यसको विरुद्धमा विद्यार्थी संगठन र अभिभावक संघ आन्दोलित भएका छन् । उनीहरुले छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम घोषणासमेत गरेका छन् । (इकान्तिपुरबाट)
Friday, April 23, 2010
क्रान्तिकारीद्वारा वोर्डिडमा स्कूल तोडफोड
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment