मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

विरामीको मृत्युभएपछि अस्पतालमा तोडफोड

धादिङ , वैशाख १० - उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तहरुले धादिङ जिल्लाको रहेको धादिङ सामुदायिक अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टरलाई समेत कुटपिट गरेका छन ।

धादिङ जिल्लाको वसेरी गाविस १ की २७ बर्षीय आशा सुनारको शुक्रवार विहान ३.३० वजे तिर धादिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि मृतकका आफन्तहरुले अस्पतालको इमरजेन्सी कक्षमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डा. प्रशान्त शर्मालाई कुटपिट गरेका हुन ।
पेट दुख्ने समस्या देखिएपछि तीन दिन अघि उपचारका लागि अस्पतालमा भर्ना गरिएकी आशाको उपचार गरि विहीवार अस्पतालले डिस्चार्ज गरेको र पुनः समस्या वढेपछि शुक्रवार विहान ३ वजे तिर अस्पताल लगिएकोमा उनको तत्काल मृत्यु भएको डाक्टर शर्माले वताए ।
विरामीका आफन्तहरुले भने डाक्टरको लापरवाहीका कारण मृत्यु भएको वताएका छन । अस्पतालमा तोडफोड र डाक्टरमाथि कुटपिट भएपछि थप आक्रमण हुन नदिन अस्पताल वन्द गराईएको छ भने अस्पतालमा प्रहरी उपस्थिती वाक्लो गराईएको छ । डाक्टर शर्मालाई सुरक्षार्थ अहिले जिल्ल्ाा प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । (इकान्तिपुरबाट)

0 comments: