बेचु गौड परासी , वैशाख ११ - लोकतन्त्र दिबसको अबसरमा नवलपरासी कारागारका कैदीबन्दीलाई बितरण गर्न लगिएको फलफुल बन्दीले बहिष्कार गरेका छन् । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी सहितको लोकतन्त्र दिवस समारोहका प्रतिनिधिहरुले लगेको फलफूल बहिष्कार गर्दै बन्दीहरु उल्टै संबिधानसभाका सदस्यहरुलाई तोकिएको समयमै संबिधान निर्माण गर्न ६ सय १ बटा स्याउ प्रजिअ पंथीलाई दिएका हुन् ।
फलफूल वितरणभन्दा देशलाई सार्थक संबिधान चाहिएको जनाउदै टोलीले लगेको फलफूल गरिब निमुखा खान नपाएकालाई दिन आग्रह गरेका थिए । राज्यलेआफूहरुलाई खाना उपलब्ध गराउदै आएको जनाउदै कैदी पदमबहादुर थापाले भने,'हामीलाई खानाका लागि सरकारले दिनको ४५ रुपैया दिने गरेको छ, फलफुल खान नपाउनेलाई दिनोस् ।' तोकिएको समयमै संबिधान निर्माण गरेर आफूहरुलाई सुधि्रनका लागि आममाफि समेत दिनुपर्ने बन्दी चन्द्रप्रसाद थनेतले माग गरेका थिए । 'पहिलो दण्डहीनताको अन्त्य हुनुपर्यो अनि संविधान पनि बन्न पर्यो,' थनेतले भने ।
फलफूल बितरण गर्न गएका टोली मध्येका प्रजिअ र दलका प्रतिनिधिलाई छुट्टा छुट्टै ज्ञापन बुझाउदै प्रशासनले दण्डहीनताको अन्त्यका लागि सरकार समक्ष पुर्याउन माग गरेका थिए । दलहरुले समयमै संबिधान बनाउनका लागि आफ्ना नेतालाई दबाव दिनुपर्ने उनीहरुले बताएका थिए । टोली भने फलफूल कारागारमा छाडेर फर्केको थियो । कोणसभामा जनआन्दोलन २ का सहिद बिष्णु पाण्डेकी पत्नी भागिरथी पाण्डे र मधेश आन्दोलनका सहिद जगदिस पासवानकी आमालाई सम्मान गरिएको थियो । (इकान्तिपुर)
Saturday, April 24, 2010
सरकारी फलफूल बहिष्कार/कैदीबन्दीद्वारा प्रत्येक सभासदलाई स्याउ उपहार
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment