मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

आज लोकतन्त्र दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना

११ वैशाख, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतिगमन समाप्त भइ लोकतान्त्रिक शासन पद्दतिको सुत्रपात भएको आज चार वर्ष पूरा भएको छ । तर, दलहरुबीचको तीब्र असमझदारीका कारण लोकतान्त्रिक शासन स्थापनाका लागि जनआन्दोलनमा सहभागी सर्बसाधारणको अपेक्षा पूरा हुन सकेको छैन । सत्ताको बागडोर सम्हालेका दलहरु अंक गणितिय खेल र निषेधको राजनीतिमा लागेकोले संविधान निर्माण र शान्तिप्रक्रिया जस्ता मुख्य कार्यभार पूरा हुन सकेका छैनन् ।

राजा ज्ञानेन्द्रको प्रतिगमनविरुद्ध सात दल र भूमिगत सशस्त्र विद्रोह गरिरहेको तत्कालिन नेकपा माओवादीको सक्रिय सहभागीतामा दोस्रो जनआन्दोलन ०६२/६३ वैशाख ११ गते सफल भएको थियो । जनयुद्ध र १२ बुँदे समझदारीको बलमा आन्दोलनमार्फत् लोकतन्त्र स्थापनाका लागि दुई दर्जन बढीले जीवन उत्सर्ग गरे भने हजारौं घाइते र अंगभंग भए । सत्ता हत्याएका ज्ञानेन्द्रले जनआन्दोलनको अगाडी घुँडा टेक्दै जनताको नासो जनतालाई नै फर्काइदिएको घोषणा गरेका थिए । त्यसपछि पुनःस्थापना भएको प्रतिनिधिसभाले राजसंस्थाको विधिवत अन्त्य गरेको थियो ।

लोकतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । (अनलाइनखबर)

0 comments: