होम कार्की काठमाडौ, वैशाख १० - चितवनका राजु महत्तो साउदी अरबको रियादस्थित अल हायर जेलमा ३६ महिना देखि बन्दी छन् । चोरीको अभियोगमा पक्राउ परेका उनलाई स्थानीय अदालतले जम्मा ६ महिना मात्रै सजाय सुनाएको थियो । तर, उनी तोकिएको सजाय भन्दा ३० महिना बढी जेलमा बसिसक्दा पनि स्वदेश फिर्ने टुङ्गो छैन् ।
उनी बसेको हायर जेलको एउटा सेक्सनमा अहिले ५१ जना नेपाली कामदार बन्दी छन् । बैदेशीक रोजगारीमा पुगेका ती अधिकांस नेपाली कामदारको समस्या महत्तोसँग मिल्दो छ । अर्थात सजाय भोगिसक्दा पनि उनीहरु जेलबाट बाहिरा निस्कन पाएका छैनन् ।
ती मध्ये जीतबहादुर मगर मात्रै हत्याको अभियोगमा थुनामा छन् । २१ महिना देखि थुनामा रहेको जीतबहादुरलाई अदातलमा बुझाएको छैन । अरु कामदार भने रक्सीको सेवन, उत्पादन तथा बिक्री, चोरी, नक्कली परिचय पत्र बोकेको र कम्पनी भागेर बसेको अभियोग लगाइएको छ ।
रक्सी सेवन गरेको अभियोगमा २५ दिनको सजाय तोकेर चार महिनादेखि बन्दी भएका गुल्मीका हेम परियारदेखि ४ महिनाको सजाय पाएर १८ महिनासम्म बसिरहेका झापाका राजेन्द्र लिम्बु घर फिर्ने दिन पार्खेर बसेका छन् ।
केहीलाई भने लामो समय जेलमा बसिसक्दा पनि सजाय तोकिएको छैन् । रक्सी सेवन गरेकै अभियोगमा पक्राउ परेका गोरखाका बलबहादुर थापा २० महिना देखि सजाय बिना जेल बसिरहेका छन् ।
'हामीलाई घर पठाउन भन्दै समय समयमा टिकट नबिकरण र नयाँ खरिद गर्न भन्दै प्रहरीहरुले पैसा उठाउने गरेका छन्', २९ महिना देखि जेलमा बसिरहेका रामेछापका पुर्ण माझीले कान्तिपुरलाई भने-'टिकटको नबिकरण गर्न २ सय ५० र नयाँ खरिद गर्न १५ सय साउदी रियाल मागेर लैजाने गरेको छ । तर हामीलाई भने स्वदेश पठाइएको छैन् ।'
उनीहरु बसेको जेल रियाद स्थित नेपाली दुताबासबाट करिब एकसय किलोमिटर टाढा पर्छ । उक्त जेलमा नेपाली कामदारको अबस्था बुझ्न तीन महिना अघि दुताबासका अधिकारीहरु पुगेका थिए । 'जेल परेका नेपाली कामदारले सजाय भुक्तान गरिसकेको जानकारी स्थानीय प्रहरीले दिएपछि मात्रै दुताबासका अधिकारी ट्राभल डकुमेन्ट बनाउन जेल जाने गरेको छ', दुताबासका प्रबक्ता एंब प्रथम सचिब खड्गप्रसाद दाहालले भने-'हामी सिधै जेल जान मिल्दैनन् । प्रहरीले नियमीत रुपमा हामीलाई खबर दिने गरेको छैन् ।'
उनका अनुसार अल हायर जेलमा सजाय काटेर लामो समयसम्म बसिरहेका घटनाको बिषयमा दुताबासको जानकारीमा आइपुगेको छैन् । 'साउदीमा हाम्रो कार्यक्षेत्र निकै ठुलो छ । यहाँबाट बहराइन र ओमन पनि हेर्नुपर्छ ।', उनले भने-'श्रोत र साधानको अभाबले नेपाली कामदारलाई थुनामा राखेका जेलमा तीन महिनाको अन्तरालमा पुग्ने ब्यबस्था मिलाएको छ ।' दुताबासले सजाय भुक्तान गरिसके लगत्तै नेपालीहरु जेलभित्रै बस्नुपर्ने समस्या भने रहेको जनाएको छ । 'जेलमा बसेका नेपाली कामदारको तथ्याङ प्रहरीहरुसँग ब्यबस्थीत हुदैनन् । त्यस्ता तथ्याङ माग्दा जानकारी पनि गराइदैनन्', दुताबासका एक अधिकारीले भने-'कुनै नेपालीको फाइला हराएमा जेलभित्रै नेपाली कामदार बसेको बस्यै हुन्छन् ।' (इकान्तिपुर)
Friday, April 23, 2010
सजाय भुक्तान गरिसकेका दर्जनौं कामदार बिदेशी जेलमै
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment