मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

युगान्तकारी परिवर्तनमा लागौं- दाहाल

काठमाडौ, वैशाख ११ - माओवादी अध्यक्ष पुष्पकमल दाहाले लेखक-कलाकारलाई दशवर्ष जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्तउपलब्धीहरूको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा शनिबार आयोजित अभ्युत्थान महिला साहित्य प्रतिष्ठानको दोस्रो सम्मेलनको उद्घाटनका क्रममा उनले भने-जनताका समय-समयका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा हुने/नहुने आशङ्का बढिरहेको अवस्थामा सम्पूर्ण लेखक, कलाकर्मी आ-आपनो कलम, बाजागाजा, भिडियो लिएर युगान्तकारी परिवर्तनमा लाग्न पर्छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले साहित्यकारको अभ्युत्थानका लागि प्रतिष्ठान सदैव सहयोग गर्न तयार हुने बताए । साहित्यकारद्वय ओनसरी र्घर्ती र ममता शर्मा नेपाललाई यसवर्षो अभ्युत्थान प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । रासस

0 comments: