मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

कांग्रेस बैठकमा माओवादीसँग सम्बन्ध तोड्न दबाब

काठमाडौं, वैशाख १० (नागरिक)- कांग्रेस केन्द्रीय सदस्यहरुले माओवादीले शान्ति प्रक्रियालाई गम्भीरताको रुपमा नलिई रणनीतिक रुपमा प्रयोग गरेको भन्दै उससँगको सम्बन्धमा पुनर्विचार गर्न दबाब दिएका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले माओवादीसँगको सहकार्यलाई तोड्नुपर्ने धारणा राखेका हुन्।

१२ बुँदे समझदारीदेखि अहिलेसम्म भएका सहमति माओवादीले कार्यान्वयन नगरेकाले माओवादीसँग सहकार्य गर्नुपर्ने कारण र आधार समाप्त भइसकेको छ,' केन्द्रीय सदस्य विनयध्वज चन्दले बैठकपछि नागरिकसँग भने, 'अब नयाँ आधारमा अघि बढेर संविधान निर्माण गर्नुपर्छ।'

मुलुकमा देखापरेको पछिल्लो राजनीतिक गतिरोध र निर्धारित मितिमा संविधान निर्माण नहुने भएपछि त्यसको विकल्प तय गर्न दुई दिनदेखि बैठक जारी कांग्रेस बैठक कुनै निष्कर्षमा पुगेको छैन।

प्रवक्ता अर्जुननरसिंह केसीले भने केन्द्रीय सदस्य बोल्ने क्रम जारी रहेकाले निष्कर्षमा नपुगेको बताए।

कांग्रेसले माओवादीको पछिल्लो गतिविधि नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन सरकारसँग आग्रह गरेको छ। माओवादीले आन्दोलनका नाममा देशव्यापी रुपमा युवाहरुलाई दिएको हतियार तालिम र सडकबाटै संविधान घोषणा गर्ने अभिव्यक्ति अलोकतान्त्रिक र शान्ति सम्झौता विपरीत भएको ठहर गर्दै सरकारलाई शान्ति सुरक्षा कडा गर्न सुझाएको हो।

बैठकमा सदस्यहरुले माओवादीले आफ्ना हिंसात्मक क्रियाकलापमा सुधार नगरे संविधानसभाको जति म्याद थपे पनि संविधान नबन्ने बताएका थिए। संविधानसभाको म्याद थप्ने भए त्यसको रोडम्याप जनतासमक्ष लैजानुपर्ने धारणा उनीहरुको थियो।

माओवादीले मे दिवसको तयारी भन्दै देशमा विभिन्न क्षेत्रमा सुरु गरेको हतियार प्रशिक्षण र सैन्य तालिमले शान्ति सम्झौता भंग गरेको निष्कर्ष कांग्रेसले निकालिसकेको छ ।

0 comments: