मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

त्रिचन्द्रका स्ववियू उपसभापति पक्राउ/पुतली सडक क्षेत्र तनावग्रस्त

प्रतिमा बाँस्कोटा काठमाडौ, वैशाख ९ - एमाले अखिलका नेतालाई खुकरी हानेको आरोपमा त्रिचन्द्र क्याम्पसमा स्ववियू उपसभापति विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेपछि राजधानीको मध्यभागमा तनाव भएको छ ।

त्रिचन्द्र र शंकरदेव क्याम्पसका विद्यार्थीहरुले विरोध गरेर यातायात अबरुद्ध गरेपछि तनाव श्रृजना भएको हो । त्यस क्षेत्रमा बाटो खुलाउन खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । त्यस क्षेत्रकोबाटो अबरुद्ध छ ।
दुई साताअघि त्रिचन्द्र क्याम्पसमा अखिल नेतालाई खुकरी हानेर गम्भीर घाइते भएका थिए ।

त्रिचन्द्र क्याम्पस अघिबाट बिहीबार नगर प्रहरीको टोलीले साढे १ बजे पौडेललाई समातेको काठमाडौं परिसरका डिएसपी प्रद्युम्न कार्कीले कान्तिपुरलाई बताए । खुकुरी हानाहानमा घाइते भएका समिक बडालले पौडेल बिरुद्ध महानगरीय प्रहरी परिसरमा किटानी जाहेरी दिएका छन् । कार्कीले पौडेलका बारेमा अनुसन्धान भइरहेको बताए ।

गत चैत २९ गते बिहान क्याम्पसमा खुकुरी हानाहान हुदाँ अखिलका समिक बडाल घाइते भएका थिए । ढाड र हातमा खुकुरीको गंभिर चोट लागेका बडालको मोडल अस्पतालमा उपचार जारी छ । उनका दायाँ हातका दुई औला नजोडिने भएका छन् । यस्तै बायाँ हातको हड्डी भाँचिएको छ । अस्पतालले अझै एक महिना अस्पतालमै बसेर उपचार गर्नुपर्ने बताएको छ ।

पौडेललाई पक्राउ गरेको विरोधमा त्रिचन्द क्याम्पस र पदमकन्या क्याम्पसका विद्यार्थीले सडक अवरोध गरेर विरोध प्रदर्शन गरिहेका छन् ।

0 comments: