मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

दाङका बालवैज्ञानिकले मोवाइलबाट विद्युतीय सामानचल्ने यन्त्र बनाए

दाङ वैशाख ११ । केही समय यता नयाँ-नयाँ सामग्रीको निमार्णमा व्यस्त घोराही-११ भानुचोकका मार्शल रोका र शुभम सिंहले फेरि नयाँ यन्त्रको आविस्कार गरेका छन् ।

बाल वैज्ञानिकले पछिल्लोपटक मोवाइलबाट कुनै पनि विद्युतीय सामानहरु चलाउन सकिने र बाढी आउँदा जानकारी दिने नयाँ यन्त्र आविस्कार गरेका छन् ।

घोराहीस्थित भ्यालिटप वोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मार्शल र सोही विद्यालयबाट भर्खरै एसएलसी दिएका १६ वर्षीय शुभमले सर्किट वोर्ड ट्रान्जिस्टर रोस्टर ट्रान्सफर्म रिले स्वीचलगायत केही तारहरुको प्रयोगले निर्मित मोवाइल सुचालक यन्त्र निर्माण गरेका छन् । आफूले आविष्कार गरेको नयाँ यन्त्रले टेलिभिजन पंखा पानी तान्ने मोटर पि्रुज बत्ती हिटरलगायतका सामानहरु चलाउन सकिने उनीहरु बताउँछन् ।
उक्त यन्त्र टेलिफोन सेवा पुगेका विश्वको जुनसुकै कुनाबाट पनि साचालन गर्न सकिने वैज्ञानिक मार्शलको भनाइ छ । अति व्यस्त मानिसका लागि यो अति नै भरपर्दो हुने उनीहरुको दाबी छ ।
आफूहरुले मोवाइल सुचालक यन्त्रमात्र नभई पछिल्लो समयमा बाढीसूचक यन्त्र पनि निर्माण गरेको उनीहरु बताउँछन् । वर्षात्को समयमा बाढी आएको पत्ता लगाउनका लागि सजिलो हुने बाढीसूचक यन्त्रको सही सदुपयोग भएमा बाढीबाट हुने विपत्तिबाट मुक्त हुन सकिने उनीहरुको दाबी छ ।
उनीहरुले अहिलेसम्म दुई दर्जन जति विभिन्न किसिमका यन्त्र आविस्कार गरिसकेका छन् । संचारमाध्यमले आफ्नो कार्यको व्यापक प्रचारप्रसार गरेपनि आफूहरुले कहीं कतैबाट आवश्यक सहयोग नपाएको गुनासो उनीहरुको छ ।
सबैबाट सहयोग पाएमा आफूहरुले नेपालमै बसेर हेलिकप्टर मोवाइलबाट कार चल्न सक्ने यन्त्र आदि निर्माण गरेर देखाइदिने उनीहरुले दाबी गरेका छन् ।

खाजा खर्च कटाएर र अन्य आयमूलक काम गरेर सङ्कलित रकमबाट उनीहरुले प्रविधि निर्माणका लागि चाहिने सामानहरुको जोहो गरिरहेका छन् । दुवै बाल वैज्ञानिकहरुले विद्यालयबाट पनि राम्रो सहयोग पाएका छन् । छोरालाई क्षमताले भ्याएसम्मको सहयोग गर्ने गरेको मार्शलकी आमा उषा रोका बताउनुहुन्छ  l (धौलाश्री)

0 comments: