भाषा शर्मा / बागलुङ बैशाख ११ । समयावधी पुगेरपनि कैद मिनाहा नभएको भन्दै बागलुङ कारागारका एक बन्दीले आमरण अनसन सुरु गरेका छन् । डांका गुरेको अभियोगमा कैदी जीवन विताईरहेका बागलुङ भकुण्डे-७ का नरबहादुर अधिकारी अनसन बसेका हुन् ।
लोकतन्त्र दिवशको अवसरमा बागलुङ कारागारबाट तीन जनालाई कैद मिनाहाकोलागि सिफारिस गरेकोमा मन्त्री परिषदको वैठकले दुई जनाको मात्र कैद मिनाहा गर्ने निर्णय गरेपछि राज्यले विभेद गरेको भन्दै अधिकारी आजबाट अनसनमा बसेका हुन् ।
अधिकारीले आफ्नो पचास प्रशिसत सजाय समय पुगि सकेको अन्य बन्दी सरह तत्काल छुटाकाराको माग गरेका छन् । अनशनमा बसेका अधिकारीलाई आज निमित्त प्रमुख जिल्ला अधिकारी डोलराज ढकाल भेटी कैद मिनाहको विषयमा आफुले बुझ्ने बताएका छन् । । लोकतन्त्र दिवशको अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका बागलुङको रेश-९ का विरबहादुर जि.सी. र म्याग्दी दाना-१ का खड्कबहादुर पुर्जाको कैद मिनाहा भएपछि आज कारगारबाट छुटेका छन् । सन्चारकर्मीको रोवहरमा दुई कैदीलाई आज कारगार प्रशासनले आफन्तको जिम्मा लगाएको छ ।
Sunday, April 25, 2010
राज्यले विभेद गरेको भन्दै बागलुङ कारागारमा एक कैदी अनसनमा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment