मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

भागबण्डा मिल्यो/संबैधानिक अंगका प्रमुखहरु नियुक्त

बलराम बानियाँ
काठमाडौं, वैशाख १० - भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुले शुक्रबार पूर्णता पाएको छ ।

संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा, निर्वाचन आयोग र महालेखा परीक्षक प्रमुखहरुको नियुक्ति गरेको छ ।

संवैधानिक परिषदले अख्तियारमा पूर्व भूमिसुधार सचिव बाबुराम आचार्यलाई प्रमुखमा नियुक्ति गरेको छ । अख्तियार सदस्यमा पूर्व डिआईजी हिमबहदुर गुरुङ, विश्वेश्वरमान श्रेष्ठ र दोर्णराज रेग्मी नियुक्त भएका छन् ।

यस्तै संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठलाई नियुक्ति गरेको छ भने सदस्यमा पूर्व शिक्षा सविच रामस्वरुप सिन्हा नियुक्त भएका छन् ।

निर्वाचन आयोगमा वर्तमान आयुक्त निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको छ । निर्वाचन आयोगमा डा. भोला शाह र श्रीमती भूषण श्रेष्ठ सदस्य नियुक्त भए । यस्तै, संवैधानिक परिषदले महालेखा परीक्षकमा पूर्व अर्थ सचिव भानु आचार्यलाई नियुक्त गरेको छ ।

प्रमुख दलहरु माओवादी, कांग्रेस र एमालेबीच संवैधानिक आयोग प्रमुखहरुको नियुक्तिमा भागबण्डा नमिल्दा नियुक्तमा ढिलाइ भएको हो । संवैधानिक परिषदको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नहुँदा आयोग प्रमुखहरुको नियुक्ति हुन सकेको थिएन ।

संवैधानिक व्यवस्था अनुसार परिषद अध्यक्ष प्रधानमन्त्री रहन्छन् भने प्रधान न्यायाधीश, सभामुख, सरकारमा रहेका राजनीतिक दलका प्रतिनिधि, प्रमुख बिपक्षी दलका नेता सदस्य रहन्छन् । (इकान्तिपुर)

0 comments: