बिहे गर्नलायक कुमार केटा जति पनि छन् । तर, केटाको तुलनामा केटीको संख्या करोडौँले कमी छ भने के हुन्छ ? कैयौँ पुरुषले बिहे गर्न पाउँदैन, समाजमा बलात्कार, वेश्यावृत्तिजस्ता विकृत्ति बढ्छन् । हो, अहिले यही समस्याले भयावह रूप लिने जोखिम चीनमा रहेको छ ।
एक सर्वेक्षणका अनुसार सन् २०२० सम्ममा चीनमा तीन करोड बिहे गर्ने उमेर पुगेका पुरुषले श्रीमती पाउने छैनन् । महिलाको संख्या कमी भएकाले यी तीन करोड पुरुषले बिहे गर्न केटी नपाउने भएका हुन् ।
चीनमा बर्सेनि लाखौँ छोरी हराउने गरेका छन् । यी छोरी जन्मेपछि हराएका होइनन् । जन्मनुअघि नै उनीहरूको भु्रणहत्या गरिन्छ । अल्ट्रासाउन्डजस्ता आधुनिक प्रविधिको प्रयोगमार्फत गर्भमा छोरी छ भन्ने थाहा पाएपछि भु्रणहत्या गरिन्छ ।
चीन सरकारले अहिले गाउँ-गाउँमा छोरी भु्रणको हत्या नगर्न जनतालाई सन्देश दिइरहेको छ । बुढेसकालमा छोराले पाल्ने, छोराले नै वंशवृद्धि गर्ने, छोरी अर्काको घर जाने, दाइजो दिनुपर्ने हुँदा आर्थिक भार बढ्नेजस्ता सामाजिक मान्यताका कारण पनि मानिस छोरी भ्रुणको हत्या गरिरहेका छन् । चीनमा छोरी भु्रणहत्याका परिणाम देखिन थालिसकेका छन् । घरअगाडि खेलिरहेका बच्चा बाबुआमाले आँखा झिम्क्याउन नपाउँदै हराउँछन् । पुरुष उत्तराधिकारीको आशामा कैयौँ बालक चोरिन्छन् भने कैयौँ स्थितिमा छोराका लागि भावी बेहुली बनाउन बालिकाहरू चोरिन्छन् । कतिपय अवस्थामा चोरिएका बालबालिकालाई आपराधिक क्रियाकलापमा लगाइन्छ ।
चीनको डोन्जौ गाउँका स्कुलमा अधिकांश विद्यार्थी बालक छन् । एउटा कक्षामा त ८० विद्यार्थीमा २० मात्र बालिका छन् । अर्का कक्षामा कुल ६३ विद्यार्थीमध्ये २३ बालिका छन् । एक स्रोतका अनुसार डोन्जौमा प्रत्येक एक सय छोरीको तुलनामा छोराको संख्या एक सय ६८ छ ।
डोन्जौ जिल्लाका सबैतिर छोरी जन्माउन प्रेरित गर्दै पोस्टर, होर्डिङबोर्ड टाँसिएका छन् । भर्खरै गरिएको जनसंख्या सर्वेक्षणअनुसार ०४० सम्म चीनमा ४० वर्ष उमेरभन्दा कमका तीन अर्ब पुरुष हुनेछन् भने दुई अर्ब ५० करोड मात्र महिला हुनेछन् ।
यस तथ्यांकलाई मान्ने हो भने सन् ०४० सम्म ५० करोड पुरुषले बिहे गर्न केटी पाउँदैनन् । कुन्मिङको भित्री सडकमा क्लिनिकहरूले विनादुखाइ गर्भपतन गर्ने विज्ञापन खुलेयाम गरिरहेका छन् । यी क्लिनिकले राम्रो व्यापार पनि गरिरहेका छन् ।
एउटा गर्भपतन गरेको २० देखि दुई सय पाउन्डसम्म पर्छ । यसरी महिला र पुरुषको जनसंख्या दरमा ठूलो खाडलका कारण बलात्कार, वेश्यावृत्ति, अपराध आदि समस्या देखिने निश्चित छ । (नयाँ पत्रिका)
Saturday, April 24, 2010
चिनियाँ पुरुषले केटी नपाउने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment