मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

सरकारले बल प्रयोग गरे मुलुक नियन्त्रणमा लिइन्छः दाहाल

मधुसुधन गुरागाईं, बनेपा, वैशाख १२ - माओवादीले गर्न लागेको जनप्रदर्शनलाई हिंसा गर्न खोजेको भन्ने सरकारले बल प्रयोग गरे क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। 'घुसपैठ गराएर, बम विस्फोट गराएर आन्दोलन तुहाउने प्रपञ्च रचिएको बुझेको छु,' उनले भने।

'नेपाली सेना नेपाली आमाका छोराछोरी मार्न सडकमा आउँदैन भन्ने विश्वास छ,' नेपाली सेनाको तारिफ गर्दै प्रचण्डले भने। माओवादीको आन्दोलन दबाउन बल प्रयोग गर्ने जो कोही राष्ट्रघाती, जनविरोधी हुने भएकाले यसतर्फ सोच्न उनले सचेत गराए ।

माओवादी भातृसंगठन वाइसीएल काभ्रेको कार्यकर्ता प्रशिक्षणको धुलिखेलमा समापन गर्दै उनले भने 'माओवादी विरुद्ध गलत प्रचार गरेर सरकार सेना समायोजन गर्ने पक्षमा छैन।'

'सत्तासिन नेताहरु बर्बराएका छन्, सेना र प्रहरी लगाएर बेसरी ठोकौँला भन्ने सोचेका हेलान् हारेको सरकारको निर्दशन हैन जितेको सरकारको निर्देशन मान्नुपर्छ। हारेकाको हातमा डाडुपन्यु छ।'

एमाले र कङ्ग्रेस निरंकुशतन्त्र, हारतन्त्रको सरकार भएकाले दबै पार्टीलाई निरंकुशतन्त्र भएको उनको भनाई छ 'हारेकाले शासन गर्ने निरंकुशतन्त्र हो।'
आफूहरुले अन्य पार्टीले संविधान सभा नचाहेको उनले आरोप लगाए। 'संविधानसभा तुहाउने चाहना उनीहरुको छ। शान्तिप्रक्रिया रगतसँग साटेका हामी यसो हुन दिनेवाला छैनौं' उनले थपे।

आफ्नो भातृ संगठनलाई उछृङ्खल युवाको गिरोह भन्ने अरु पार्टीलाई जवाफ दिन सामाजिक काम गर्न लगाएर देखाउँने पनि प्रचण्डले दाबी गरे । (नागारिकन्यूज)

0 comments: