१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री माधबकुमार नेपालले अलोकतान्त्रिक तरिकाले अगाडी बढ्न खोज्ने पक्षलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ । दक्षिण एसियासम्बन्धी अमेरिकी उपसहायक विदेशमन्त्री रबर्ट ओ ब्लेकसँग सोमबार विहान भएको भेटमा प्रधानमन्त्री नेपालले विधिसम्बत ढंगले समस्याको निकास दिन नचाहनेसँग सम्झौता नहुने बताउनुभयो ।
एकीकृत नेकपा माओवादीले मे दिवसको अवसरमा आउँदो अठार गते गर्ने प्रदर्शनतर्फ लक्षित गर्दै उहाँले हिंसात्मक गतिविधि गर्नेविरुद्ध सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा ब्लेकसँग भएको झण्डै एक घण्टा लामो भेटमा प्रधानमन्त्री नेपालले राजनीतिक गतिरोधका लागि आफू बाधक नबन्ने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
‘लोकतान्त्रिक व्यवस्था अंगीकार गरिसकेपछि सबैले यसका मूल्य, मान्यता र विधिहरुलाई आत्मसात गर्नैपर्दछ । यस प्रक्रियाबाट आउने जुनसुकै निष्कर्षलाई पनि आत्मसात गर्न म तयार छु,’ प्रधानमन्त्रीले भन्नुभयो । शान्ति प्रक्रिया र संविधान निर्माणबारे ब्लेकको जिज्ञासामा प्रधानमन्त्री नेपालले राजनीतिक दलहरुको सहमति र सहकार्यबिना शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्याउन नसकिने चर्चा गर्दै यसका लागि आफूले निरन्तरसहमति र सहकार्यमा जोड दिँदै आएको बताउनुभयो ।
उपसहायकमन्त्री ब्लेकले अमेरिकाले नेपालमा शान्ति, नयाँ संविधान, स्थायित्व र विकास भएको हेर्न चाहेको उल्लेख गर्दै शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउन आफ्नो मुलुक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
भोलीदेखि भुटानको राजधानी थिम्पुमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जाने क्रममा उपसहायकमन्त्री ब्लेक हिँजो नेपाल आउनुभएको हो । (अनलाइनखबर)
Monday, April 26, 2010
अलोकतान्त्रिक पक्षलाई छुट हुँदैन : प्रधानमन्त्री
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment