मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

अनमिनलाई हटाउन मिल्दैन: शान्तिमन्त्री

अजित तिवारी, बिराटनगर, बैशाख ११- शान्तिमन्त्री रकम चेम्जोङले माओवादी लडाकुको व्यवस्थान र शान्ति प्रकृया नसिद्धिएसम्म अनमिनलाई हटाउन नमिल्ने बताएका छन्। जुन कामका लागि आएको हो, त्यो नटुंगिएकाले अनमिनलाई हटाउन नहुने उनले तर्क गरेका छन् ।

‘शान्ति प्रकृया र माओवादी हतियारको व्यवस्था नभएसम्म अनमिनलाई हटाउनु हुँदैन'-विराटनगर विमानस्थलमा शनिवार पत्रकारहरुसित कुरा गर्दै शान्ति मन्त्री चेम्जोङले भने, ‘अनमिनको म्याद बढाइन्छ।' सरकारमै सहभागी दलहरुले अनमिनको भूमिकामाथि प्रश्न उठाउँदै म्याद नथपिने प्रतिकृया दिइरहेको बेला अनमिनसँग सोझो सम्पर्कमा रहने सरकारका निकाय शान्ति मन्त्रालयको यो प्रतिकृया आएको हो।

‘अनमिनको म्याद थप्नैपर्छ, उ जुन कामले आएको छ, त्यो सकिएकै छैन'- शान्तिमन्त्री चेम्जोङले भने, ‘अनमिनलाई हटाउन मिल्दैन, त्यो आवश्यक छैन।' उनले अनमिनको रेखदेखबाट नेपाली सेनालाई मुक्त गर्नुपर्ने काँग्रेस महामन्त्री विमलेन्द्र निधिको धारणाका विषयमा सरकारले सोचिरहेको प्रतिकृया दिए। ‘नेपाली सेनालाई अनमिनको रेखदेखबाट मुक्त गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको छ'- उनले भने।

नेपाली सेनाले खोलेको भर्ना प्रकृया नियमित मात्र भएको बताउँदै शान्तिमन्त्री चेम्जोङले भने, ‘रिक्त स्थानपूर्तिका लागि मात्र भर्ना प्रकृया खोलिएको हो, यो नियमित प्रकृयाले शान्ति सम्झौतामा असर गर्दैन।'

गाउँका सोझासाझालाई जर्वजस्ती खुकुरी, भाला र लाठी थमाएर सशस्त्र तालिम दिएर माओवादीले शान्ति सम्झौता उल्लंघन गरेको उनको आरोप छ। ‘माओवादीको यस्ता तालिमले शान्ति सम्झौता भंग गर्न खोजेको छ'- शान्तिमन्त्री चेम्जोङले भने,‘शान्ति सम्झौता उल्लघंन नहोस् भनेर सरकार चुप लागेको छ, शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएकाले अब टुलुटुलु बस्न सकिँदैन।'

उनले माओवादीको यस्तै व्यवहारले मुलुक असजिलो अवस्थामा पुगेको र केही दुर्घटना भए सबै जिम्मेवारी उसकै हुने बताए। ‘शान्ति सम्झौतामा असर पार्ने काम नहोस्, नत्र सरकार मुकदर्शक बनेर बस्दैन'- उनले भने। गृह जिल्ला धनकुटा जान बिराटनगर आइपुगेको शान्तिमन्त्री चेम्जोङले शान्तिसुरक्षा कायम राख्न सरकारले जस्तोसुकै कदम चाल्न सक्ने बताए । (नागरिकन्यूज)

0 comments: