मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

'शिक्षामा माफियाकरण : झाक्री

विमल खतिवडा
पर्वत , वैशाख १० - अनेरास्ववियुकी केन्दि्रय अध्यक्ष रामकुमारी झाँकि्रले सरकारको गलत नितिकाकारण शिक्षामा माफियाकरण बढेकोे बताएकी छन् । प्रेस चौतारी पर्वतले आज विहान सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झँाकि्रले निजी विद्यालयहरुले अभिभावकको ढाड सेक्नेगरी शुल्क बृद्धि गर्दा पनि राज्य चुप लागेर बसेको आरोप लगाईन ।
झाँकि्रले निजि विद्यालयले ३० प्रतिशत शुल्क बढाएर हुनेखानेका छोराछोरीका लागि फाईदा पुर्‍याएपनि गरिब र मध्यमस्तरका परिवारका छोराछोरीलाई निजी विद्यालयमा पढ्ने अबसरबाट बञ्चित गराउन खोजेको खुलासा गरिन् ।

सम्मेलनमा अधिकाँश समय शुल्क बृद्धिको विरोध गर्न खर्चिएकी झँाकि्रले सामुदायिक विद्यालयमा सरकारले दश कक्षा सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको भनेपनि सामुदाियक विद्यालयमा समेत मनपरी तवरले शुल्क लिनेको गरेको आरोप लगाईन । अध्यक्ष झाँकि्रले सरकारले बर्षेनी शिक्षा क्षेत्रमा धेरै पैसा खर्च गर्दै आएपनि त्यो प्रभावकारी नभएको र सबै पैसा बालुवा पानी पोखे सरह भएको बताईन ।

झाँकि्रले सरकारले सुरु गरेको भर्ना अभियानलाई व्यँग्य गर्दै क्लवलाई मादल बजाउन दिएर सरकारको दायित्व पुरा नहुने बताईन । उनले शिक्षा क्षेत्रमा अराजकता र मनपरीतन्त्र बढेकाले सबै राजनैतिक दलका नेता गम्भिर हुनु पर्नेमा जोड दिईन । झाँकि्रले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सरकारले नागरिकमा लगानी गर्नु पर्ने खुलासा गरिन ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अधिवेनको उद्घाटन गर्न पर्वत आएकी झाँकि्रले जेठ १४मा कुनै हालतमा पनि संविधान नबन्ने ठोकुवा गरिन । 'हामीले बारम्बार समयमै संविधान बन्दैन भन्दै आएका थियौं ,'झाकि्रले सञ्चारकर्मी संग भनिन ,' आखिर हामीले भने अनुसार नै तोकिएको समयमा संविधान नबन्ने भयो ।'

आफ्नो संगठनले संविधान निर्माणको लागि खबरदारी गर्दै आएपनि कसैले नसुनेको र आफ्नै सदस्यता गुम्ने डरले खबरदारी गर्न छाडेको झाँक्रले बताईन । उनले माओवादी पार्टी नागरिक पार्टी बन्नुपर्ने र सबैदलले सहकार्य र सहमतिबाट देशको निकास खोज्नु पर्ने जनाईनन् l (इकान्तिपुर)

0 comments: