११ बैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले आगामी वैशाख १८ गतेको जनप्रदर्शनमा सरकारका तर्फबाट दमन भए प्रतिकार गर्ने चेतावनी दिएको छ । अध्यक्ष प्रचण्ड निवास नयाँ बजारमा शनिबार बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले आन्दोलन शान्तिपूर्ण हुने निष्कर्ष निकाल्दै दमन भए प्रतिकार गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो ।
सरकारले देशभरी भइरहेको तालिम स्थगन गरि जनप्रदर्शनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको भएपनि माओवादीले भने आन्दोलन शान्तिपूर्ण हुने भन्दै त्यसको तयारीका लागि देशभर खुकुरी, लाठीभालासहितको घरेलु हतियार चलाउने तालिम दिइरहेको छ ।
बैठकमा सरकारले दमन गरे प्रतिकारका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादीले आगामी १८ गते मे दिवसका दिन हुने जनप्रर्दशन विरुद्ध सरकारले गलत ढंगले प्रचारवाजी गरेको भन्दै निन्दा पनि गरेको छ । (अनलाइनखबर)
Saturday, April 24, 2010
आन्दोलनमा दमन भए प्रतिकार: माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment