बेचु गौड परासी, वैशाख १० - माओवादी कार्यकर्ताहरुको समूहले परासीस्थित एमाले जिल्ला पार्टी कार्यालयमा शुक्रबार आगजनी गरेका छन् । आगजनीबाट चार कोठे कार्यालयका कागजपत्र तथा फर्निचर नष्ट भएको छ ।
बस चढेर शुक्रबार दिउँसो ३ बजे सदरमुकाम परासीस्थित पार्टी कार्यालय पुगेका ५०/६० जना माओवादी कार्यकर्ताहरुले पेट्रोल छर्केर आगजनी गरेका प्रहरी उपरीक्षक भोजबहादुर श्रेष्ठले जानकारी दिए । आगजनी अघि माओवादीले पार्टी कार्यालय सचिव तुलसी पासीलगायत एमाले कार्यकर्ताहरुलाई कुटपिट गरेका छन् । कुटपिटबाट घाइते एमाले कार्यकर्ताहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आगो लगाउने क्रममा जलेर माओवादीका तीन कार्यकर्ता पनि घाइते भएका छन् । माओवादीले लगाएको आगो दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ । एमाले र कांग्रेस समर्थित मजदुरसँग गोर्खा ब्रुअरीमा भएको झडपमा एक माओवादी मजदुर बुद्धिबहादुर महतको मृत्यु भएपछि नवलपरासीमा केही दिन यता तनाब बढ्दै जाँदा माओवादी आगजनीमा उत्रिएको हो ।
एमालेले माओवादीबाट भएको आगजनीको भर्त्सना गरेको छ । माओवादीले भने आगजनीमा पार्टीको कुनै संलग्नता नभएको दाबी गर्दै गोर्खा ब्रुअरीका आक्रोशित मजदुर नै सहभागी भएको जिकिर गरेको छ । (इकान्तिपुर)
Friday, April 23, 2010
पेट्रोल छर्केर एमाले कार्यालयमा आगजनी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment