मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

बिद्यार्थीले सहायक क्याम्पस प्रमुखको कुर्सि जलाए

उदयपुर, वैशाख १० - क्याम्पसले छात्रबृत्ति वितरण फाराममा शुल्क लिने निर्णय गरेको बिरोधमा आन्दोलनमा उत्रिएका दुई बिद्यार्थी संगठनले शुक्रबार उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको कुर्सी जलाएकाछन् ।

शुल्क लिने निर्णय खारेज गर्न माग गर्दै आएका अनेरास्ववियु र नेविसंघले क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा बिहीबार लगाएको ताला अखिल क्रान्तिकारीले वाईसीयल लगाएर फुटाएका थिए । बिरोधमा उत्रिएका अनेरास्ववियु र नेविसंघले बिहान सहायक क्याम्पस प्रमुख रमेश रोक्काको कुर्सी जलाएर क्याम्पस भवनमा समेत तालाबन्दी गरेकाछन् ।
तालाबन्दीपछि उनीहरुले नाराबाजी गरी सदरमुकाम गाईघाटमा जुलुस निकालेर सहायक क्याम्पस प्रमुखको राजिनामा माग गर्दै शुल्क खारेजीको मागलाई निरन्तरता दिने घोषणा गरेकाछन् । (इकान्तिपुरबाट)

0 comments: