मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

सशक्त प्रतिकारको तयारी/ नाकाबन्दीसमेत लाग्नसक्ने

काठमाडौ, वैशाख १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई दुष्मन विरुद्ध सशक्त प्रतिकारकारुपमा उत्रन कडा निर्देशन दिएका छन् । शुक्रबार राजधानीको एक होटलमा आयोजित राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले कडा प्रतिकारमा उत्रन उक्त निर्देशन दिएका हुन् ।

महासचिव रामबहादुर थापाले आन्दोलनका समय नाकाबन्दी र आर्थिक संकट उत्पन्न हुनसक्ने भएकाले त्यसको पनि सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराईको समेत उपस्थिति रहेको थियो ।

माओवादीले यही बैशाख १८ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेको छ । (इकान्तिपुरबाट)

0 comments: