मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, April 26, 2010

गाउँले र ठेकेदारबीच झडपमा एकदर्जन घाइते

अमन कोइराला सर्लाही, वैशाख १२ - बागमती नदीमा तटबन्ध बनाउँदा बाली नष्ट भएबापत मुआब्जा नपाएका किसान र ठेकेदार पक्षबीच आइतबार हथिऔलमा दोहोरो झडप हुंदा एकदर्जन घाइते भएका छन् ।

घाइते मध्ये चारजनालाई बढी चोट लागेको छ । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

मलंगबारबाट करिब ४५ किलोमिटर पश्चिम दक्षिण बागमती किनारमा पर्ने हथिऔलको सेड्वामा बिहान साँढे ११ बजेदेखि दुई पक्षबिच झडप भएको थियो । -(इकान्तिपुर)

तटबन्ध निर्माण गर्दा माटो काट्ने क्रममा बाली नष्ट भएका किसानलाई मुआब्जा दिने निर्णय भएपनि अधिकांस किसानले पाएका छैनन् ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुरबाट तटबन्ध बनेको दुईबर्ष भन्दा बढी भइसक्दा पनि मुआब्जा नपाएका किसानले तटबन्धको ठाउँ ठाउँमा पानीको निकास निकाल्ने नयाँ ठेक्काको काम गर्न अबरोध गरेपछि झडप भएको हो । मुआब्जा दिएर मात्र काम थाल्नुपर्ने अडान राख्दै किसानले ठेकेदार पक्षलाई रोकेका हुन् ।

ठेकेदार सुरेन्द्र सिंह जिल्लाबासी नै भएकाले झडप दोहोरो भएको हो । एउटै कार्यालय अन्तर्गतको काम भएकाले ठेकेदार फेरिएपनि किसानले मुआब्जा नदिई काम थाल्न नदिने भन्दै अबरोध गरेका थिए ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजनले तटबन्ध सुरक्षित राख्न पानीको निकास निकाल्न ह्युमपाइप र पक्की कुलो बनाउन थालेको हो । ठेकेदार र स्थानीय किसानबीच ४/५ दिन अघिदेखि सोहि बिषयमा बिबाद भइरहेको स्थानीय बासिन्दाले बताए ।

ठूलै समुह दुईपक्ष भई झडप गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको थियो । झडपमा घाइते हुनेलाई लाठि, फराठाको चोट देखिएको छ । ठेकेदार पक्षका ३ जना घाईतेहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भईरहेकेा छ । घाइते हुनेमा ठेकेदार पक्षका डुमरियाका मदन ओझा, हथियौलका बच्चु मिश्र र उपेन्द्र सिंह रहेका छन् ।

गाउँले पक्षका घाइतेमा हथिऔल गाविस-७ का कौशल कुमार यादव, अशोक साह, रामप्रसाद साह, रामनारायण ठाकुर, अशोक राय, मुकेश साह, रनजीत साह लगायत छन् ।

मुआब्जा नपाएका गाउँले र काम गर्न गएको ठेकेदारपक्षबिच झडप भएको प्रहरी उपरीक्षक श्याम खत्रीले बताए । झडपमा गाउँले पक्षका नौ जना र ठेकेदार पक्षका तीनजना घाइते भएका छन् । घट्ना लगत्तै प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको खत्रीले बताए । ठेकेदार पक्षका घाइतेलाई उपचारका लागि अपरान्ह मलंगवा ल्याइएको र गाउँले पक्षका घाइतेलाई रौतहटको गौर लगिएको छ ।

0 comments: