मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

लक्ष्मीको लौरोसेवा

रामचन्द्र अधिकारी/ताप्लेजुङ
धर्म कमाउन मानिसले अनेक काम गर्छन् । ताप्लेजुङको सुकेटारका लक्ष्मी तिवारीले पनि यस्तै बिचित्रको काम गरिरहेका छन् । लौरोसेवा दिएर धर्म कमाउन लागेका छन् उनी ।

प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्रीलाई उनले लौरो उपहार दिन थालेको तीन वर्ष भयो । ठाडो उकालो हिँड्नुपर्ने भएकाले लौरोको सहाराबिना पाथीभरा पुग्न कठिन हुने तीर्थयात्रीहरू बताउँछन् । तिवारीले आफ्नै पसलअगाडि लौराहरू सजाएर राखेका छन् । "यात्रीले किन्न खोज्छन् तर म बेच्दिनँ, यो मेरो सेवा हो," उनी भन्छन् । लौरोको दुरूपयोग नहोस् भनेर चाहिँ उनले धरौटीस्वरूप १० रुपियाँ लिने गरेका छन् । "भाँचिएको टुक्रा मात्र ल्याए पनि धरौटी फिर्ता भइहाल्छ," तिवारी भन्छन्, "मैले लौरो उपलब्ध गराउन थालेपछि बोटबिरुवा पनि जोगिन थालेका छन् ।"

त्यसो त यो उनको वातावरण जोगाउने अभियान पनि हो । भन्छन्, "यात्रीहरूले एउटा लौरोका लागि एउटा बिरुवा नाश गर्छन् तर म सानो हाँगाबाट बनाउँछु ।" यसपालि उनले पाँच सयवटा लौरा तयार गरेर राखेका छन् । (नेपाल साप्ताहिकबाट)

0 comments: