रेखाकुसुम रेग्मी
प्रसव वेदनामा छटपटिएकी रुकुम मुसिकोट-८ की २० वर्षिया कमला चन्दलाई प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम्ले उद्धार गरी राजधानीको अस्पतालसम्म ल्याउनुभएको घटना चर्चामा रहृयो ।
महिलाका लागि २०६६ साल मिश्रित वर्षका रूपमा रहृयो । यो वर्षमहिला हिंसाका घटना धेरै भए । यद्यपि सरकारले हिंसाविरुद्धका क्षेत्रमा भने केही सुधारात्मक कार्यमा नवीन हात हाल्नुको साथै पुराना कार्यलाई निरन्तरता दिएको देखिन्छ । प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा गत मङ्सिर १० गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयपरिसरमा महिला हिंसासम्बन्धी उजुरी सुन्ने इकाइ स्थापना गरियो । नेपालले सन्-२०१० लाई महिला हिंसाविरुद्धको वर्षअभियानका रूपमा मनाउने घोषणा गर्यो । सोहीअनुसार सरकारले काम पनि गरिरहेको छ ।
सरकारले यो वर्षबजेट विनियोजन गर्दा लैङ्गिकमुखी बजेटलाई पनि निरन्तरता दियो । नीति तथा कार्यक्रममा पनि महिलाको उत्थान, सशक्तीकरण गरिने विषय उल्लेख गर्यो । बजेटमा विधवा विवाह गर्ने जोडीलाई रु. ५० हजार र अन्तरदलित विवाह गर्ने जोडीलाई रु. एक लाख दिने घोषणा गरियो । यद्यपि यसले महिलालाई थप हिंसित बनाएको भन्दै एकल महिला समूहलगायतका महिला अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले यसको विरोध गरेका थिए ।
यो वर्षनेपालले मार्च २४ गतेको दिनलाई "सबैको विकासका लागि समान अवसर र समान अधिकार" भन्ने मूलनाराका साथ सयौँ विश्व महिला श्रमिक दिवस मनायो । यसैवर्ष सरकारले घरेलुहिंसाविरुद्धको ऐन ल्याएको छ तर ऐन पारित भएको करिब आठ महिना बितिसक्दा पनि त्यसको कार्यान्वयनका लागि नियमावली भने आउन सकेको छैन ।
ऐनको कार्यान्वयनका लागि आवश्यक हुने नियमावली समयमा ल्याउन नसक्दा बोक्सीको आरोपमा यातना भोगिरहेका, दाइजोको नाममा अमानवीय व्यवहार सहन बाध्य वा बलात्कारको सिकार भएका महिलाले समयमा न्यायिक उपचार पाउन कठिनाइ भएको छ । नेपाली काङ्ग्रेसका साहसकी प्रतिमुर्ति शैजला आचार्यको जेठ २९ गते बिहान मृत्यु भयो । उमेरले छ दशक पार गरेकी उहाँ झन्डै दुइ वर्षेखि अल्जार्इमर्स र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । थाइल्यान्डको बैङ्ककस्थित बमरुङग्राड अस्पतालमा नौ महिना लामो उपचारपछि स्वदेश फर्किनुभएको थियो ।
असार १० गते गठित मन्त्रिमण्डलमा नेपालको इतिहासमा पहिलोपटक लामो समयदेखि नेपाली राजनीतिक आन्दोलनमा सक्रिय विद्यादेवी भण्डारीले पहिलो रक्षामन्त्री हुने सौभाग्य पाउनुभयो । अछाममा कार्यरत प्रहरी सुन्तली धामी आफ्नै सहकर्मीद्धारा असोज ९ गते दसैँको फूलपातिका दिन सामूहिक बलात्कारमा पर्नुभयो । उहाँको मुद्दा अहिलेसम्म पनि छिनोफानो हुन सकेको छैन ।
यो वर्षअर्को चर्चित घटना भयो रुकुमकी पत्रकार टीका विष्टमाथिको आक्रमण । समाचार लेखेकै कारण धम्कीको सामना गर्दैआएकी उहाँलाई अज्ञात समूहले मङ्सिर २३ गते मङ्गलबार आक्रमण गरी घाइते बताएका थिए । कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई लिन एयरपोर्टमा थोत्रो गाडी पठाएको भन्दै पर्सा प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेको घटना पनि सञ्चारमाध्यममा निक्कै चर्चाको विषय बनेको थियो ।
बङ्गलादेशमा भएको ११ औँ र्सार्क खेलकुद प्रतियोगितामा विनीता महर्जनले उसुमा नेपालाई पहिलो स्वर्ण पदक दिलाउन सफल हुनुभयो । उहाँ सँगसँगै तेकान्दोमा आयशा शाक्य, कराँतेमा गङ्गा अधिकारीले पनि पदक जितेर नेपालको नाम राख्न सफल हुनुभयो ।
यी घटनामात्रै हैनन् र्सवसाधारण महिलाहरु पनि यो वर्षसञ्चारमाध्यममा चर्चाको रूपमा रहे । प्रसव वेदनामा छटपटिएकी रुकुम मुसिकोट-८ की २० वर्षिया कमला चन्दलाई प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम्ले उद्धार गरी राजधानीको अस्पतालसम्म ल्याउनुभएको घटना चर्चामा रहृयो । धेरै रक्तस्राव भएर जीवन र मरणको दोसाधमा रहेकी कमलालाई प्रधानमन्त्रीले भदौँ २४ गते उद्धार गरी थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गराउनुभएको थियो । तर अत्यन्त रक्तस्राव भएकाले तथा आमाको शालनालबाट बच्चा छुट्टसिकेकाले भने शिशुलाई बचाउन नसकिएको अस्पतालले बताएको थियो ।
राजधानी काठमाडौँसँग जोडिएको ललितपुर, प्युटारकी कल्लीकुमारी विक प्रधानाध्यापिका विमला लामाबाट बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटपिटको सिकार भएको घटना पनि चर्चामा रहृयो । उहाँलाई सोही स्थानमा बस्ने प्रधानाध्यापिका लामाले बोक्सीको आरोपमा कुटपिट गरी अमानवीय र असभ्य व्यवहारसमेत गर्नुभएको थियो ।
नेपाली सेनाको ज्वालादल गण ठाकुरद्वाराबाट गएको टोलीले गोली चलाउँदा काउलोको बोक्रा लिन गएका एकै परिवारका १२ वर्षिया चन्द्रकला विक, ३३ वर्षिया अमृता विक र ३५ वर्षिया देवीसरा विकको गत फागुन २६ गते मृत्यु भयो । बालिकाका बुबा कृष्णबहादुरलाई भने अनुसन्धानका लागि भन्दै हालसम्म थुनामा राखिएको बताइएको छ ।
राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, संविधानसभाको महिला, बालबालिका समितिलगायतले समेत सो घटनामा मारिएका महिलाहरु. चोरी सिकारीका लागि नभई काउलोको बोक्रा सङ्कलनका लागि गएको प्रतिवेदन र्सार्वजनिक गरिसकेका छन् । ती निकायले सो घटनामा सेना दोषी देखिएकाले दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारलाई सिफारिस समेत गरेका छन् ।
यो वर्षसञ्चारमाध्यममा आएका यी मुख्यमुख्य घटनामध्ये कमैले मात्रै निर्धक्कसँग बाँच्न पाएका छन् । सरकारले आफूले ल्याएका नीति तथा कार्यक्रम र नियम कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमात्रै यस्ता घटना सञ्चारमाध्यममा आउन कम हुने विश्लेषकहरुको भनाइ छ ।

0 comments:
Post a Comment