रासस काठमाडौ, वैशाख ११ - लोकतन्त्र दिवसको अवसर पारेर राजनीतिक गतिरोध अन्त्य गर्न आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दलहरूले महत्व नदिएपछि स्थगित भएको छ ।
यसअघि माओवादीको पहलमा वैशाख ८ गते बसेको संयन्त्रको बैठकले सबै समस्या र गतिरोधलाई आजको दिन लोकतन्त्र दिवसको अवसर पारेर निकास निकाल्ने गरी स्थगित गरेका थिए ।
संयन्त्रको बैठकले आगामी जेठ १४ भित्र संविधान जारी गर्नका लागि आवश्यक गृहकार्य गर्ने र संविधान जारी नभएपछिको अवस्थामा आइपर्ने विभिन्न खाले अवरोधलाई सहमतिबाट टुङ्गोमा पुर्याउने विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।
माओवादीका नेता दीनानाथ शर्माले आजको बैठक एमालेको विशेष आग्रहमा स्थगित गर्नु परेको जानकारी दिए । तर, एमालेका नेताले आज लोकतन्त्र दिवस परेकाले विभिन्न कार्यक्रममा सरिक हुनुपर्ने भएकाले स्थगित गर्नुपरेको जनाएका छन् ।
उता नेपाली कांगे्रसका उपसभापति रामचन्द्र पौडेलले आजको बैठक स्थगित गर्न माओवादी र एमालेको भित्री आशय रहेको बताउनुभयो ।
वैशाख ८ गतेको बैठकमा कांगे्रस र एमालेले निर्धारित समयभित्र संविधान जारी गर्न नसकिने भन्दै समय थप्नका लागि अन्य दलसँग आवश्यक परामर्श गर्नुपर्ने अडान लिएका थिए भने माओवादीले राष्ट्रिय सहमतिलाई टुङ्गोमा नपुर्याई संविधानसभाको म्याद थप्न नहुनेमा जोड दिएको थियो ।
सो बैठकमा माओवादी वाइसिएलको अर्धसैन्य संरचना विघटन, माओवादीद्वारा कब्जा गरिएका घरजग्गा फिर्ता, संविधान लेखनका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
साथै शान्तिप्रक्रियाको टुङ्गो, राज्य पुनर्संरचना आयोग गठन र राष्ट्रिय सरकारका विषयमा पनि छलफल केन्दि्रत रहेको थियो ।
Saturday, April 24, 2010
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment