गंगा बीसी काठमाडौं, वैशाख ९ - माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ गतेभित्र संविधान नबने लार्खौ जनता सडकमा आएर जनताको संघीय गणतन्त्र स्थापना गर्ने बताएका छन् ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादीको लक्ष्य पनि जनताको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु भएको बताए । 'अहिलेको गणतन्त्र बुर्जुवाहरुको हो' उनले भने, 'जनताको संघीय गणतन्त्र स्थापना हुनुपर्छ भन्ने माओवादीको स्पष्ट अडान हो ।'
माओवादीले मुलुकभर सैन्य तालिम सुरु गरेको भनेर आम जनतामा त्रास उत्पन्न भइरहेको बेला उपाध्यक्ष भट्टराईले फेरि जनविद्रोहको कुरा गरेका हुन् । उनले समयमा संविधान नबने लाखौ जनता सडकमा आएर जनगणतन्त्र स्थापना गर्ने दाबी गरेका हुन् ।
कांग्रेस, एमालेलगायतका दलहरुले माओवादी सत्ता कब्जा गर्ने र आफूले चाहे अनुसारको संविधान लेख्छन् भन्ने आशंका गरिरहेको बेला उनको भनाइले थप सशंकित पारेको छ । (इकान्तिपुरबाट)
Thursday, April 22, 2010
जेठ १४ मा संविधान नबने लाखौं जनता सडकमाः भट्टराई
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment