जितेन्द्र खड्गा राजविराज, वैशाख १० - मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सधैं मधेश विरोधी नीति बोकेको कांग्रेस र एमालेले संविधान नबनोस् भन्ने चाहेको बताएका छन् ।
फोरम, सप्तरीको क्षेत्र नं. २ द्वारा भारदहमा आयोजित विरोध जनसभामा बोल्दै अध्यक्ष यादवले शुक्रबार ठूला दलहरुले मधेश प्रदेश नदिने मानसिकता बोकेको कारण संविधान बनाउन नचाहेको आरोप लगाए ।
'संविधान बनाए यसअघि गरेको मधेश प्रदेश सम्बन्धी सहमति लागु गर्नुपर्छ' यादवले भने, 'सरकार दिन कटाएर मधेशीलाई झुक्याउने षडयन्त्रमा लागेको छ ।'मुलुकको राष्ट्रिय अर्थतन्त्रमा मधेशको ठूलो योगदान रहेपनि मधेशीहरु नै भोक, रोग र अशिक्षाबाट पीडित रहेको उनको दावी थियो । मधेशमाथि जहिले पनि दमन गरेर शासन चलाइ राख्ने शासकीय सोच समाप्त हुनका लागि स्वायत्त मधेश प्रदेशको कुनै विकल्प नरहेको उनको कथन थियो ।
एमाले र कांगे्रस कहिले पनि संघीयताको पक्षपाति नरहेको आरोप लगाउंदै अध्यक्ष यादवले मुलुकमा गणतन्त्र आएपछि उठेको संघीय शासनको माग अहिले काँग्रेस एमालेलाई पचाउन गाह्रो परेको बताए ।
सह-अध्यक्ष जयप्रकाश गुप्ताले तीन ठुला दलहरुले नयां संविधान बन्न नदिन षडयन्त्र गरिरहेको आरोप लगाए । 'संविधान निर्माण भए मात्र मधेसीले अधिकार पाउने छन्' उनले भने, ' मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न काग्रेस, एमाले र माओवादी समेत लागिपरेको छ ।'
उनले सरकारमा सहभागी मधेसवादी दलहरु सरकार टिकाउन लागेको बताउदै भने, 'मधेसीको नाममा राजेन्द्र महतो नेतृत्वको सदभावना, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र बिजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक लागायतका पार्टीहरु मधसीको भावनालाई बेचिरहेका छन् ।' (इकान्तिपुर)
Friday, April 23, 2010
कांग्रेस र एमाले संविधान बनाउन चाहदैनन् : उपेन्द्र यादव
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment