मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

विद्रोहको धम्की प्रधानमन्त्री पदको लागि मात्रः ओली

शिव शर्मा कास्की, वैशाख ११ - विद्रोहको धम्की दिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्ने दाउ रचेको एमाले नेता केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

'क्रान्ति र शान्तिको कुरा गर्ने उन (दाहाल) को धम्कीले कहिल्यै सत्ता प्राप्त हुदैन' एमाले गण्डकी स्तरीय जनसभालाई शनिवार पोखरामा सम्बोधन गदै ओलीले भने ।

उनले दाहाललाई प्रधानमन्त्रीको कुर्सी बाहेक अरु केही नचाहिएको पनि दावी गरे । उनले भने, 'रेडियोमा आउने मलाई त्यही केटी चाहियो भन्ने गीत जस्तै दाहालको सपना र विपनामा त्यही कुर्सी मात्रै देखेको छ ।'

खुकुरीमा धार लगाउने र हतियार प्रदर्शन गर्दै हिड्ने माओवादीले सत्ताका लागि मात्रै अन्तिम लडाईको धम्की दिएको ओलीको भनाइ थियो ।

बलजफ्ती सत्ता कब्जा गर्नका लागि लडाकु परिचालन गर्ने माओवादीको उग्रशैलीले लडाकु व्यवस्थापन र सेना समायोजन हुन नसकेको उनले बताए ।

'जेठ १४ गते संविधान बने पनि नबने पनि दुर्घटना हुने हुँकार गर्नेहरुले सत्ताको सपना नदेखे हुन्छ' उनले भने, 'उग्रवामपन्थी र जनविरोधी तानाशाही व्यवस्था नेपालमा कदापी संभव छैन ।' (इकान्तिपुर)

0 comments: