नारायणगढ वैशाख ९ । देवघाटमा रहेको जलमापन केन्द्रमा कार्यरत कर्मचारीहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागद्वारा नारायणी नदीमा पानीको चाप घटेबढेको बारे थाहा पाउन देवघाटमा जडान गरिएको जलमापन केन्द्रका तीनजना कर्मचारी दैनिक रु. ५० देखि रु. ७५ सम्म पारिश्रमिकमा काम गर्दै आएका छन् ।
वि.सं.२०५२ देखि साचालित जलमापन केन्द्रमा एकवर्षयता नारायणी नदीमा बहेको पानीको बहाव नाप्ने अत्याधुनिक यन्त्र जडान गरिएको हो । सो यन्त्रले पानीको बहाव कति छ सतह बढेको छ÷छैन तुरुन्तै कम्प्युटर प्रणालीबाट वेबसाइटमा देखाउँछ ।
देवघाटको बागेश्वरी जङ्गलमा रहेको सो केन्द्रमा सेडिमेन्ट अब्जर्भर पदमा कार्यरत कृष्ण अधिकारी दैनिक रु।५० रुपैयाँमा चौबिसै घन्टा काम गर्दै आएका छन् । उनकी आमा अम्बिका अधिकारी गेज रिडरको काम गर्छिन् । उनले त्यहाँ काम गर्ने सबैको भन्दा बढी दैनिक रु। ७५ पारिश्रमिक पाउँछिन् ।
देवघाटधामको पुलभन्दा करिब एक किलोमिटर नारायणगढतर्फ जङ्गलको बीचमा जलमापन केन्द्र रहेको छ । जङ्गलको बीचमा भएकाले सुरक्षा पनि नभएको कर्मचारीहरुको गुनासो छ । चारजनाको परिवारसहित बसेका अब्जर्भर कृष्ण अधिकारीले तलब कम भएको समस्या त छँदैछ बस्न अझै असुरक्षा भएको बताए ।
उनले भने- दिनको ५० रुपैयाँमा चौबिसै घन्टा काम गर्नु त छँदैछ दिउँसै अपराधीहरु आएर लुट्लान् भन्ने डर छ । गेटमा ताला लगाएरमात्र उनीहरु भित्र बस्ने गर्छन् ।
भरतपुर नगरपालिका वडा नम्बर ११ बसेनी घर भएका अधिकारीको परिवारले जलमापन केन्द्र सुरु भएदेखि नै काम गर्न थालेका हुन् । कृष्णका बुबा प्रेमबहादुर अधिकारी पनि सोही जलमापन केन्द्रमा ‘गार्ड’को पदमा काम गर्थे ।
उनी २०५४ सालमा ‘मिटर रिडिङ’ गर्नेक्रममा नारायणी नदीमा डुबेर बेपत्ता भए । कृष्णका परिवारले बुबाको शव पनि पाउन सकेनन् । विभागले आफ्नो बुबा बेपत्ता भएपछि परिवारलाई राहत रकमसमॆत नदिएको कृष्णले गुनासो गरे ।
परिवारका साहिला कृष्णले भने बुबाको पेसा धानेर बसेका छौँ । २०५६ सालसम्म दैनिक रु. ३० मा उनले काम गरेका थिए । पटकपटकको आग्रहपछि विभागले पारिश्रमिक रु. ३० बाट रु. ५० बनायो । त्यसपछि बढाएको छैन । अन्य सुविधा पनि केही नदिने गरेको उनको गुनासो छ ।
तलब बढाउन जलमापन केन्द्रमा कार्यरत एक चौकिदारसहितका तीनजना कर्मचारीले पटकपटक विभागमा अनुरोधसमेत गरेका छन् । विभागले भने वास्ता गरेको छैन ।
‘वि.सं.२०५९ को मङ्सिर २० गते पनि तलब बढाउनुपर् यो भन्दै विभागको बाढी भविष्यवाणी शाखामा निवेदन दर्ता गरायौँ वास्ता नै गर्दैनन्’ तलब नबढाएको गुनासो कृष्णको थियो ।
जलमापन केन्द्रमा पानीको सतह बहाव पानीमा बालुवाको मात्रा दैनिक तापक्रम वर्षा रेकर्ड तथा पानीको गुण नाप्नेलगायतका काम हुने गरेको छ । यो सबै कामको जिम्मेवारीका साथै जलमापन केन्द्रको रेखदेख गर्दै आएका कृष्णले सेकेन्ड भरमा पानीको अवस्था थाहा पाउने ठाउँको रेखदेख गर्न खटिए पनि कर्मचारीको सुरक्षा र पेसाको 'ग्यारेन्टी’ नभएको गुनासो गरे । (धौलाश्री)
Sunday, April 25, 2010
पचास रुपैयाँ तलबमा चौबिसै घन्टा काम गर्न बाध्य
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment