मे २२ मा गैह्र आवासीय नेपाली संघ (एनआरएन) पोर्तुगलको तेश्रो अधिवेशन हुँदैछ । राजनीतिक दलनिकट संगठन र संघसंस्थाहरुले सहमति गरी एनआरएनलाई सबैको साझा मञ्च र ढुकढुकी बनाउनुपर्छ । देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारीको समस्या र अस्थिरताका कारण ३९ लाख नेपालीहरु विदेशीनु परेको मूल जड राजनीति भएकोले एनआरएनमा राजनीति गरिनु हुँदैन ।

