मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

कतारमा जनजाति महासंघको कार्यक्रम

२३ अप्रिल, दोहा कतार, नेपाल कतार अनलाइन : नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा महासंघमा आवद्ध भातृ संस्थाहरुको कार्यसमिति सदस्यहरुमाझ परिचयात्मक तथा भेटघाट कार्यक्रम महासंघका अध्यक्ष अमृत गुरुंगको सभापतित्वमा दोहाको वानियान रेष्टुरेण्टको सभा हलमा भव्यताकासाथ सम्पन्न भएको छ ।

“नेपाल प्रवासी आदिवासी जनजाति महासंघप्रति भातृ संस्थाहरुको भुमिका” विषयमा भातृ संस्थाहरुले आ-आफ्ना संस्थागत सुझाव तथा सल्लाहहरु लिखित र मौखिक रुपमा प्रस्तुत गरेका थिए । यसरी संस्थागत विचार राख्ने क्रममा नेपाल प्रवासी मगर संघ, दोहा–कतारका प्रमुख सल्लाहकार छत्र घले मगर, किराँत याक्थुङ्ग चुम्लुङ्ग कतारका महासचिव मानवहादुर शाँवा लिम्वु, तमु बौद्घ सेवा समिति शाखा दोहा–कतारका अध्यक्ष जगन गुरुङ्ग, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङ, किराँत राई यायोख्खा शाखा–कतारका सचिव धिरज राई, थारु कल्याणकारीणि सभा कतार च्याप्टरका कोषाध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी दराई समाज दोहा–कतारका सल्लाहकार देवनारायण दराइ लगायतका व्यक्तीहरुले महासंघ कतारले जहिले पनि अभिभावकको भुमिका निभाउनु पर्ने र भावी दिनहरुमा प्रवासमा रहेर पनि भातृ संस्थाका सदस्यहरुलाई प्रशिक्षण दिने विभिन्न कार्यक्रमहरुको आयोजन गरी आदिवासी जनजातिहरुमा राजनैतिक, शैक्षिक तथा आर्थिक विकासको लागि साथै धर्म, संस्कृतिको संरक्षण तथा सम्वर्धन जस्ता साझा मुद्धाहरुको लागि एकजुट भएर लाग्नुपर्ने कुराहरु राखेका थिए । उक्त संस्थागत विचारहरुलाई जोड दिइ लिखित रुपमा महासंघका अध्यक्ष अमृत गुरुङ्गलाई बुझाउनको लागि धर्म अध्ययन तथा अनुसन्धान विभागका सचिव मानवहादुर शाँवा लिम्वुको संयोजकत्वमा क्रमशः सल्लाहकार सुकवहादुर तामाङ, प्रचार प्रशार तथा जनसम्पर्क विभागका सचिव रकमध्वज राई, कोषाध्यक्ष खिमवहादुर राना मगर र संघिय परिषदका सदस्य वुधवल गुरुङ्गलाई कार्यभार सुम्पिएको थियो ।

अन्य वक्ताहरुले विचार राख्ने क्रममा संघिय परिषदका सदस्य वुधवल गुरुङ्ग, प्रचार प्रसार तथा जनसम्र्पक विभाग रकमध्वज राई, विषेश सल्लाहकार विल वहादुर गुरुङ्ग र प्रमुख सल्लाहकार दिलकिरण खजुम लगायतका वक्ताहरुले छुट्ट छुट्टै मन्तव्यमा महासंघले आयोजना गरेका यस कार्यक्रम एकदमै उपलव्धिमुलक रहेको साथै यस कार्यक्रमले आदिवासी जनजातिहरु माझ व्यक्तिगत र संस्थागत रुपमा परिचित हुने अवसर मिल्नुको साथै भावनात्मक संवन्ध बढाउनमा महत्वपुर्ण भुमिका खेल्न विश्वस्त रहेको बताउनु भयो । यस किसीमका कार्यक्रमहरुले विचार आदन प्रदान मात्र नभएर महासंघको उद्धेश्य प्राप्तिको लागि सहज र जनजातिहरुको आवाजलाई बुलन्द गराउनको लागि पनि भुमिका खेल्नसक्ने बिचारहरु राखेका थिए । नेपाल एउटा धामिर्क तथा सांस्कृतिक विविधता भएको देश भएर पनि राज्य सरकारले धर्म निरिपेक्ष राज्य घोषणा गर्नबाट वञ्चित गराउन खोजिरहेकोमा ध्यानाकर्षण गराउँदै जनजातिहरुको धर्म र संस्कृतिलाई आ“च आउन नदिनको लागि पनि महासंघ कतारले पहल गर्नु पर्ने कुरा राख्नु भएको थियो ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति अमृत गुरुङ्गबाट नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको उद्घेश्य प्राप्तिको लागि विगतमा गर्दै आएका गतिविधीहरुको संक्षिप्त जानकारी गराउदै र महासंघ कतार भनेको प्रवासी आदिवासी जनजातिहरुको छाता संगठन हो र यसलाई सहि दिशामा लैजानको लागि महासंघ आवद्ध मातृसंस्थाहकै महत्वपुर्ण भुमिका रहने कुरा प्रष्ट पार्नु भएको थियो ।हरेक कार्यहरुमा विगतमा भएको कमीकमजोरीलाई सुल्झाउदै र भविष्यमा आदिवासी जनजाति हक हितको लागि उठाउने आवाजहरुमा सवै आदिवासी जनजातिहरुको सहयोग विना संभव नहुने र यसको लागि भविष्यमा प्रशिक्षण तथा नेतृत्व विकास कार्यक्रमको लागि पनि पहल गर्ने कुरा राख्दै यस कार्यक्रमलाई सफल बनाउन उपस्थित सवै मातृ संस्थाहरुको सदस्हरु प्रति धन्यवाद ज्ञापन प्रकट गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

महासंघका महासचिव बिनेश तामाङद्धारा सञ्चालित उक्त कार्यक्रममा कोषाध्यक्ष खिम बहादुर राना मगरले सम्पुर्ण उपस्तिथ सहभागिहरुमाझ स्वागत मन्तव्य राखेका थिए । यस परिचयात्मक र भेटघाट कार्यक्रमको मुख्य उद्धेश्य भनेको मातृ संस्थाहरुको कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र विभागिय सदस्यहरु विच एक अर्कामा परिचित गराउनुको साथै मातृ संस्थाहरु विचको सम्वन्धलाई अझ बलियो बनाउदै महासंघ कतारले सुझाव र सल्लाह संकलन गरि भावी कार्य योजनाहरु तय गरेको थियो । हाल सम्म महासंघ कतारमा मगर, गुरुङ्घ, लिम्बु, राई, तामाङ, थारु, दराई र शेर्पा गरी जम्मा ८ वटा जातिय संस्थाहरु आवद्ध रहेका छन् भने नेपाल आदिवासी जनजाति महासंघद्वारा सम्बन्धन प्राप्त अमेरिकापछि दोश्रो कतार हो ।

0 comments: