मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

माओवादीले सरकारको नेतृत्व गर्ने सपना नदेखे हुन्छः ओली

भक्तपुर, वैशाख १०- नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सरकारको नेतृत्व गर्ने र सत्ता कब्जा गर्ने सपनालाई आफूहरुले पूरा गर्न नदिने बताएका छन्। नेता ओलीले 'माओवादीले सेन्ट्रो कार, सेता घोडा, राम्रो धान, राम्रो घर, व्यापार, उद्योग कब्जा गर्दै" राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाए ।
आज प्रेस चौतारी नेपाल भक्तपुरले आयोजना गरेको कार्यक्रममा चौतारीका नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई सम्मान गर्दै नेता ओलीले भने-"माओवादीलाई सरकार चाहियो रे, सरकारको नेतृत्व गर्ने रे, अब त्यो सपना नदेखे हुन्छ, एकपटक हेर्नलाई दियौँ,साह्रै टर्रो लाग्यो, सत्ता कब्जाको रणनीति त्यागे हुन्छ, त्यो सपना हामी पूरा हुन दिन्नौँ।"

माओवादीलाई सामाजिक र लोकतान्त्रिक बनाई समाजले स्वीकार्नसक्ने बनाउन आतङ्ककारी, गुण्डा, ज्यानमारा र लुटेराबाट छुटाएर ल्याए पनि माओवादी अझै आतङ्ककारी छ-उनले भने।

माओवादी शान्ति र संविधान निर्माण प्रक्रियामा आए एमाले सहमतिका लागि तयार रहेको उनले बताए।

माओवादीले भिडन्तका लागि सहमति चाहेकाले त्यस्तो सहमति हुन नसक्ने स्पष्ट पार्दै उनले भने 'हिंसा छाडी शान्तिपूर्ण राजनीतिमा आए माओवादीलाई के-के चाहिन्छ दिन तयार छौँ।

गुण्डागर्दी छाडेर संवैधानिक प्रक्रियामा आऊ, जे चाहिन्छ लैजाऊ भन्दै ओलीले माओवादीलाई नागरिक दल बन्न सल्लाह दिए। रासस

0 comments: