१२ बैशाख, दोलखा । राज्य पुनःसंरचना गर्दा तामाङ जातिको ऐतिहासिक भुमि टुक्र्याउने षड्यन्त्र भएको भन्दै ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीले आइतबार सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा यातायात बन्द गराएको छ । बन्दका कारण विहानैदेखि तीनवटै जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् ।
दोलखा सदरमुकाम चरिकोटमा निजी सवारी साधन र मालवाहक ट्रकहरु आंशिक मात्र चलेका छन् । अरनिको र रोल्वालिङ यातायात समितिका यात्रुवाहक बसहरु नचलेपछि ति जिल्लाको जनजीवन प्रभावित भएको छ । सबै सवारी साधन सदरमुकाममै रोकिएका छन् भने काठमाडौंबाट ति जिल्लाहरुका लागि छुट्ने गाडी पनि नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ताम्सालिङ राष्ट्रिय पार्टीले प्रकाशन गरेको एक पर्चामा राज्य पुनःसंरचना समितिले प्रस्ताव गरेको संघिय राज्यमा दोलखा, सिन्धुपाल्चोक र रामेछाप लगाएत जिल्लाहरुलाई अन्य राज्यमा समावेश गरेर तामाङ समुदायको ऐतिहासिक भुमि खण्डित गरिएको विरोधमा बन्द आह्वान गरिएको उल्लेख छ । (अनलाइनखबर)
Sunday, April 25, 2010
सिन्धुपाल्चोक, दोलखा र रामेछाप बन्द
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment