मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

मुलुकमा राजा सहितको राष्ट्रिय मेलमिलापको आवश्यकता:कमल थापा

रुपन्देही बैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजा र जनता वीचको मेलमिलाप बाट नै मुलुकमा हावी रहेको उग्र बामपन्थी चिन्तनमा आधारित सर्बसत्ताबादलाई रोक्ने एक मात्र बिकलप भएको वताउनु भएको छ ।

राष्टिय प्रजातन्त्र पार्टी नेपाल रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजा सहितको राष्ट्रिय मेलमिलापको आबश्यकता रहेको दावी गर्दै यो भन्दा फरक कुनै बिकल्प भए अगाडि बढाउनु पर्ने वताउनु भयो ।

अध्यक्ष थापाले लोकतन्त्र स्थापना भएको ४ बर्ष बितीसक्दा पनि राजनैतिक दलले नेपाली जनता र मुलुकका लागि केहि दिन नसकेको आरोप लगाउदै जनताको ईच्छा र आकाक्षंा माथि कुठराघात गरेको वताउनु भएको छ ।

मुलुकमा आबश्यक नयां सबिधान शान्ति पजातन्त्र आर्थिक सबृधि दलहरुले ओठे प्रतिबद्धता मात्रै गरेको बताउदै उहाँले सबै दल मिलेर जानुको बिकल्प नभएको पनि धारणा राख्नु भएको छ । उहाँले मुलुकमा शान्तीको बदलामा हिसांले ठाउ पाएको भन्दै माओबादी बिद्रोही शक्तिलाई शान्त पार्ने नाउमा मुलुकमा सयौ बिद्रोही शत्ति हावी भएको दावी गर्नु भएको छ ।

0 comments: