१३ वैशाख, काठमाडौं । युरोपेली युनियनका प्रतिनिधिहरुले एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति चासो राखेका छन् । उनीहरुले आन्दोलन शान्तिपूर्ण बनाउन माओवादी नेतृत्वलाई आग्रह पनि गरेका छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष डा. बाबुराम भट्टराई र विदेश विभाग प्रमुख कृष्णबहादुर महरासँग सोमबार विहान संयुक्त रुपमा भेट्दै उनीहरुले वैशाख १८ को जनप्रदर्शनले शान्तिप्रक्रियामा पर्नसक्ने असरबारे चासो राखेका हुन् ।
कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा भएको छुट्टा छुट्टै भेटवार्तामा उनीहरुले सहमतिको राजनीतिलाई निरन्तरता दिन माओवादी नेतृत्वलाई सुझाव दिएका थिए । जवाफमा अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन शान्तिपूर्ण हने बताउँदा बताउँदै पनि सरकार दमनको तयारीमा रहेको भन्दै दुःख व्यक्त गर्नुभएको थियो । उहाँले आन्दोलन शान्तिपूर्ण हुनेमा विश्वस्त पार्नुभएको थियो ।
भेटपछि सचारकर्मीहरुसँग कुरा गर्दै फ्रान्सका राजदुत विल्स हेनरी गेरालले आन्दोलन गर्ने र आन्दोलन रोक्ने नाममा कसैले पनि उत्तेजनात्मक गतिविधिहरु गर्न नहुने बताउनु भयो ।
भेटबार्तामा नेपालको शान्ति प्रकृया, माओवादीले १८ गतेपछि गर्ने आन्दोलन र अमेरिका-माओवादीबीचको सम्वन्धका विषयमा छलफल भएको भेटपछि माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
माओवादीले सन्चारकर्मीहरुसँग अन्तर्क्रिया गर्दै
यसैबीच एकीकृत नेकपा माओवादीले आफ्नो आन्दोलनबारे राय सल्लाह लिन सन्चारकर्मी तथा सन्चार उद्यमीहरुसँग सोमबार बृहद अन्तर्क्रिया गर्दैछ । अपरान्ह तीन बजे काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरु सहभागी हुनुहुनेछ । यसअघि माओवादीले उद्योगीव्यवसायीहरुसँग अन्तर्क्रिया गरेको थियो । (अनलाइनखबर)
Monday, April 26, 2010
माओवादी आन्दोलनप्रति कुटनीतिक चासो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment