मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

माओवादीले नरोके एमाले युवा सङ्घले पनि सैन्य तालिम सुरु गर्ने

भक्तपुर, वैशाख १०- एमाले युवा सङ्घका अध्यक्ष महेश बस्नेतले माओवादीले सैन्य तालिम तत्काल बन्द नगरे आफूहरुले पनि सैन्य तालिम सुरु गर्ने घोषणा गरेका छन् । उनले माओवादीले बृहत् शान्ति सम्झौताविपरित कार्य गरेर देशमा सुरक्षा खल्बल्याउने कार्य गरेमा युवा सङ्घ चूप लागेर नबस्ने चेतावनी दिए ।

प्रेस चौतारी भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा उनले माओवादीले दिनप्रतिदिन आफ्ना कार्यकर्तामाथि घातक आक्रमण गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन । अध्यक्ष बस्नेतले माओवादीका यस्ता क्रियाकलाप अब सहेर नबस्ने पनि बताए ।

उनको भनाइ थियो- माओवादी खुकुरी लिएर आएमा हामी पनि खाली हात बस्दैनौं।
- रोशन शिल्पकार (नागरिकन्यूज)

0 comments: