मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, April 26, 2010

आज ११ औं मनमोहन स्मृति दिवस

१३ वैशाख, काठमाडौं । नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको ११ औं स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली बाम प्रजातान्त्रिक आन्दोलनका अगुवा अधिकारीको २०५६ साल आजकै दिन निधन भएको थियो ।

वि.सं. १९७८ असार १५ गते काठमाडौंको लाजिम्पाटमा जन्म भएका अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ सालमा नौं महिने एकल सरकार बनाएको थियो ।

स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले विहान लाजिम्पाटमा माल्र्यापण तथा जलपान कार्यक्रम आयोजना गरेको थियो ।

मनमोहन अधिकारी ‘पहिलो नेपाली कम्युनिष्ट’

मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट हुनुहुन्छ । अर्थात् उहाँ पुष्पलालभन्दा अघि नै कम्युनिष्ट हुनुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुअघि नै उहाँ भारतीय कम्युनिष्ट पार्टीको सदस्य बनिसक्नुभएको थियो । उहाँ सन् १९४२ मा भारतीय स्वतन्त्रता आन्दोलनमा सरिक हुनुभएको थियो ।

राणा शासनविरुद्ध आन्दोलनका लागि विराटनगर जुट मिल्समा उहाँले केमिष्टको जागिर समेत खानुभएको थियो । २००८ सालमा नेपाल कम्युनिष्ट पार्टी प्रतिवन्धित भएको थियो । उहाँले संवैधानिक राजतन्त्रलाई स्वीकार गरी शान्तिपूर्ण आन्दोलन गर्ने लेखेर दिएपछि २०१० सालमा कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध हटाइएको थियो । उहाँको यो काम रणनीतिक हिसाबले सही भए पनि राजावादी भएको आरोप पनि खेप्नु परेको थियो ।

पुष्पलालपछि उहाँ २०१० सालमा कम्युनिष्ट पार्टीको दोस्रो महासचिव हुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरणपछि उहाँ त्यसविरुद्धका आन्दोलनमा निरन्तर सकृय हुनुभयो । उहाँ नेपाली काङ्ग्रेससँगै २०४२ सालमा सत्याग्रहमा पनि सामेल हुनुभयो । उहाँले पनि प्रजातन्त्र पुनःस्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्तिको बीचमा एकता हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि उहाँले युवा कार्यकर्ता भएको सशक्त नेकपा (माले)सँग आफ्नो पार्टी नेकपा (मार्क्सवादी)को बीच एकीकरण गराउनुभयो । दुई पार्टी मिलेर बनेको एमालेमा उहाँ अध्यक्ष हुनुभयो । उहाँकै नेतृत्वमा पहिलो कम्युष्टि पार्टीको नौं महिने सरकार समेत बन्यो ।

तेस्रो आम निर्वाचनको क्रममा प्रचारप्रसार गर्दागर्दै उहाँ गम्भीर विरामी भई स्वर्गीय हुनुभएको थियो ।
- अनलाइनखबर

0 comments: