मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, April 26, 2010

बजेट अभावले बलेनन् ट्राफिक बत्ती

काठमाडौ, वैशाख १३ (नागरिक) - बजेटको अभावका कारण सडक विभागले काठमाडौ उपत्यकाको विभिन्न ठाउमा राखिएको ट्राफिक बत्ती सँगैको सोलार मर्मत गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। उपत्यकामा लोडसेडिङ्ग बढिरहेको बेला ट्राफिक बत्तीले नगर्ने र त्यसलाई वैकल्पिक उर्जा प्रदान गर्ने सोलारमा पनि धुलो जमन गई काम गर्न छोडेपछि समस्या भएको हो ।

जसका कारण एउटा चोकमा पहिले एक जना ट्राफिकले काम गर्ने ठाउ"मा अहिले ५ जना खटिनु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाको गुनासो छ ।

'सोलारले पहिले नै काम गर्न छोडिरहेको बेला अहिले लोडसेडिङ्ग पनि बढेपछि झन समस्या भएको छ', महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआईजी विनोद सिंहले भन्छन्,' यसले गर्दा अहिले एउटा चोकमा ५ जना ट्राफिक परिचालन गर्नुपरेको छ'। सम्बन्धित निकायले यसको मर्मत जतिसक्दो चाडो गरिदिए कम जनशक्ति भएको ट्राफिक कारवाहीमा व्यस्त हुन पाउथे भन्ने उनका अनुसार यसको मर्मतको लागि ट्राफिकलाई बजेट दिइएको छैन र बजेट भएको निकाय सडक विभागले यसतर्फ ध्यान दिएको छैन।

करिब साढे चार लाखको हाराहारीमा रहेको काठमाडौको सवारीलाई व्यवस्थित गर्न जापानी सरकारले सन् २००२ मा उपत्यकको एघार ठाउमा विद्युतीय ट्राफिक बत्तीको व्यवस्था गरेको थियो।

ट्राफिक बत्तीलाई थप उर्जा प्रदान गर्न जापानी सरकारसित मिलेर काठमाडौको केशरमहल, पुतलीसडक, थापाथली, कालीमाटी, कलंकी, तिनकुने, कोटेश्वर, बानेश्वर, माइतीघर, पद्मोदय मोड र दरवारमार्गमा विभागले जडान गरेको सोलारमध्य सोलारमध्य अहिले कुनैले पनि काम गर्दैन।

'सोलार बत्तीमात्र हैन, केही समय पहिले कमलपोखरीको महाराजगञ्ज, चावहिल , कृष्ण पाउरोटी, कुपण्डोल र कालीमाटीको ट्राफिक बत्तीले समेत काम गर्न गर्दैनन्', महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत एक ट्राफिक प्रहरीले भने,' 'कृष्ण पाउरोटी र कुपण्डोलमाको स्वचालित बत्ती उकालोमा परेकोले सञ्चालनमा आएको दुई दिन नवित्दै पुनः रोक्नु पर्‍यो भने कालीमाटीको बत्ती अपायक तरीका जडान गरिएपछि बन्द गरियो'।

त्यसबाहेक तिनकुने, कोटेश्वर र कंलकीको बत्ती भने सडक विभागले सडक विस्तारको क्रममा हटाएको बताउने उनका अनुसार कालीमाटीमा उक्त ट्राफिक बत्ती जडान गर्दा त्यसले तीन वटा बाटोलाई नियन्त्रण गर्दा तरकारी बजारबाट निस्कने गाडीलाई समस्या भएपछि ट्राफिकले उक्त बत्ती बन्द गरेको थियो। यसरी भएका बत्ती पनि थन्काउनु पर्दा ट्राफिक प्रहरीले कारवाहीमा भन्दा ट्राफिक व्यवस्थापनमै बढी समय खर्चनु परेको बताउने उनका अनुसार यसले गर्दा बढी सवारी नियम उल्लङघन हुने गरेका छन्। 'एक त काठमाडौमा चोक अनुसारको ट्राफिक बत्ती छैन, भएका पनि काम लाग्ने अवस्थामा छैनन्' उनले आक्रोश व्यक्त गर्दै भने,' यस्तो अवस्थामा ट्राफिकले कारवाही गर्नु कि सिठी फुकेर हात हल्लाएर बस्नु'। यी ठाउमा लोडसेडिङ्गमात्र नभइदिए पनि ट्राफिक प्रहरीले अध्क राम्ररी काम गर्ने बताउने उनका अनुसार ट्राफिकको मुख्य काम ट्राफिक नियम उल्लङ्गन गर्नेलाई कारवाही गर्नु भएकोले उसलाई त्यसैमा केन्द्रित हुन दिनुपर्छ।


'बत्तीको मर्मतको काम त डिभिजन सडकले टेन्डर मार्फत एकजनालाई जिम्मा दिएको छ', डिभिजन सडक कार्यालयका प्रमुख बलराम मिश्रले भने,'सोलार मर्मत बारे चाहि अहिलेसम्म कसैले पत्राचार नगरेकोले हामी आफै अल्मल्लमा परेका छौ'। उनको यो जवाफ सुनेर सडक विभागलाई सम्पर्क गर्न खोज्दा सडक विभागले भने यसको विकल्पमा 'फ्लारुई ओभर'को अवधारणा समेत अधि सारेका बताए। 'बत्ती क्षमता भन्दा बढी सवारी भएकोले अब यसले थेग्न सक्दैन भनेर नै 'फ्लाई ओभर'को सोच ल्याएका हौ', सडक विभाग, सम्पत्ति महाशाखाका प्रमुख डिल्लीरमण निरौलाले भने,'त्यसैले विभागले ध्यान नदिएको भन्न मिल्दैन, बजेट अभावका कारण चाहेर पनि ती सोलार मर्मतको काम रोकेको भन्नुपर्छ'। मर्मतको लागि आएको बजेट सबै रोड मार्किङ्ग र सडक मर्मतमा खर्च हुने हुदा सोलार मर्मततर्फ ध्यान दिन नसकेको बताउने निरौलाका अनुसार यसैको लागि अहिले विभागमा उच्चस्तरीय संयन्त्र समेत बनेको छ। 'संयन्त्रसित मर्मतको लागि बजेट माग समेत गरिसकेका छौ', उनले भने,'यसको नतिजा एक दुई महिनामै आउछ जस्तो लाग्छ'।

करिब ७५ वटा चोक भएको काठमाडौमा अहिले जम्मा १२/१२ठाउमा मात्र ट्राफिक बत्तीको व्यवस्था छ। २०२३ सालमा श्री ५को सरकारले काठमाडौको, दरवारमार्ग, केशरमहल, भोटाहिटी, आरनेसी, पुतलीसडक, बागबजार लगायतका ठाउमा ट्राफिक बत्तीको व्यवस्थ गरेपश्चात्त नेपालमा ट्राफिक बत्तीको सुरुवात् भएको थियो। उक्त समयमा जडित बत्ती हातले मिलाउनु पर्ने भएपछि सडक विभागले स्न २००२मा सोलार सहितको विद्युतीय बत्ती जडान गरेको थियो।

'त्यसबेला काठमाडौमा एक घण्टामात्र बत्ती निभ्ने गर्थ्यो', सडक विभाग तिनकुने-भक्तपुर सडकका प्रोजेक्ट इञ्जिनियर सुनिल पौडेलले भने,' बत्ती कम जाने भएकोले त्यसै अनुसारको सोलारसहितको बत्तीको व्यवस्था गरेका थियौ',। अहिले त्यो समय बढेर १६ घण्टा पुगेपछि त्यसले काम गर्न छोडेको बताउने उनका अनुसार त्यसबेला नेपालमा छिट्टै लोडसेडिङ्ग कम हुने भनेको र त्यसलाई नै मधयनगज गरेर सोलार राख्दा उक्त सोलारले २५ प्रतिशत बत्ती प्रदान गर्ने व्यवस्था मिलाइएको थियो। 'पछि गौशालामा ट्राफिक बत्ती हाल्ने बेलामा लोडसेडिङ्ग बढेर दुई घण्टा पुगेपछि सोलारको सट्टा ३ घण्टालाई पुग्ने व्याट्रीको व्यवस्था गरेको थयौ', उनले भने,'अर्को वर्ष उक्त समय तालीका बढेर फेरी छ घण्टा भएपछि त्यसले पनि काम गर्न छोड्यो '। उनका अनुसार ८ वर्ष पहिले जम्मा ६० हजार सवारीलाई ध्यानमा राखेर व्यवस्था गरेको सोलार सहितको बत्तीले अहिले साढे चार लाख सवारीलाई नियन्त्रण गरिरहेका छन्।

0 comments: