लोकतन्त्र दिवसको अवसरमा अबुधावी र ब्रसेल्समा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन l
संयुक्त अरब इमिरेट्समा नेपाली दूतावास अबुधावीले शुक्रवार अपरान्ह चियापानको आयोजना गरेको थियो भने नेपाल दुतावास वेल्जियमको आयोजनामा शनिबार व्रसेल्समा लोकतान्त्रिक दिवस मनाइयो ।
'लोकतन्त्र दिवसले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा लोकतन्त्रको संरक्षण गर्न अझ बढी प्रेरणा मिलोस' राजदूत अर्जुनबहादुर थापाले शुभकामना प्रकट गरे । कार्यक्रममा अबुधावीस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुलाई नियोग उपप्रमुख दिपक अधिकारीले स्वागत गरेका थिए । कार्यक्रम राष्ट्रियगानपछि सहिदहरुप्रति मौनधारणा गरेर शुरु भएको थियो ।
ब्रसेल्सको कार्यक्रममा वोल्दै राजदुत प्रमेशकुमार हमालले लोकतन्त्रको संस्थागत विकासको लागि राजनैतिक र आर्थिक दुवै क्षेत्रलाई सोच्न जरुरी रहेको वताउनुभयो । यस्तै नेपालवाट आएका सभासद कौसलकुमार यादवले विभिन्न चुनौतीको वावजुद पनि नेपालमा संविधान लेख्ने प्रकृया अगाडी वढीरहेको जनाकारी दिनुभयो । कार्यक्रममा वक्ताहरुले लोकतन्त्रको वारेमा चर्चा गरेका थिए ।
यहास्थित नेपाली संघ संस्थाको प्रतिनिधीहरुको उपस्थिती असाध्यै न्युन रहेको थियो । केही समययता दुतावासवाट गरिने कार्यक्रममा अपस्थिती विस्तारै घटदै गएको छ । यद्यपि दुतावासले ब्रसेल्सस्थित सवै संघसंस्था तथा नेपालीहरुलाई सो कार्यक्रमको लागि निमन्त्रणा दिएको थियो ।
Sunday, April 25, 2010
अबुधावी र ब्रसेल्समा लोकतन्त्र दिवस
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment