नयाँ सालसंगै देशमा शान्ति छाओस कामना छ !
नेपालीलाई नेपालीको माया लाओस कामना छ !!
तिम्ले चोर्ने मैले मार्ने उनले ढाँटने अति नै भो,
विसंगति विकृति सब भागि जाओस कामना छ !
जो मरेनी जो दुखेनी सब्बै आखिर नेपाली हौँ,
संगै हाँस्ने संगै रुने रीत आओस कामना छ !
नेपालीको पहिचान बोकी चुलिएको सगरमाथा,
सधै शिर उठाइ उभिरहन पाओस कामना छ !
यो जात ऊ जात भन्नु भन्दा हामी भने कसो होला,
सबको मनले देशको खातिर कसम खाओस कामना छ !
प्रण गरौँ देश बनाउन गरे कसो नहोला र,
संसारले नेपालको महिमा गाओस कामना छ !

0 comments:
Post a Comment