११ वैशाख, चौतारा । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई लोकतान्त्रिक संविधान निर्माण नहुन्जेलसम्मका लागि नेपाल विद्यार्थी सङ्घ, सिन्धुपाल्चोकले ६०१ सभासदलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।
संविधानसभाको समय सीमा सिद्धिन लागेकाले सभासदहरूलाई संविधान निर्माण कार्यमा लाग्न दबाब दिन औपचारिक कार्यमा भाग लिन नदिने निर्णय गरेको नेविसङ्घले जानकारी दिएको छ । संविधानसभा भवनबाट सभासदहरूलाई बाहिर जान नदिन प्रमुख जिल्ला अधिकारीमार्फत सभाध्यक्षलाई यसअघि नेविसंघले ज्ञापन पत्र बुझाइसकेको छ ।
त्यसैगरी जिल्लाबाट प्रतिनिधित्व गर्ने छजना सभासदलाई पनि प्रमुख जिल्ला अधिकारीमार्फत संविधानसभा भवन नछाड्न र जिल्ला नआउन जानकारी पत्र बुझाएका छन् ।
Saturday, April 24, 2010
संविधान नबनुन्जेल सभासदलाई जिल्ला प्रवेशमा रोक
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment