मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

माओवादीको तालिम बन्द गरः सरकार

काठमाडौँ, वैशाख ९- नेपाल सरकारले एकीकृत नेकपा (माओवादी)का तर्फबाट मुलुकका विभिन्न भागमा पार्टी कार्यकर्तालाई तालिमका नाममा दिइरहेको सुरक्षासम्बन्धी गतिविधि शान्ति र संविधानको बाधक रहेको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माओवादीका तर्फबाट पछिल्लो समयमा अघि सारिएका तालिमलगायतका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेको छ।

सरकार शान्तिको दिगो व्यवस्थापनका पक्षमा लागिपरेको र राष्ट्रिय सहमतिका अधारमा नयाँ संविधान निर्माणको वातावरण जुटाउन लागिरहेका बेला माओवादीद्वारा सञ्चालित यस्ता कार्यक्रमले शान्ति सम्झौताकै उल्लङ्घन गरेको ठहर गर्दै सरकारले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको बैठकपछि सरकारका प्रवक्ता शङ्कर पोखरेलले बताउनुभयो।

आजको मन्त्रिपरिषद् बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको पनि सहभागिता रहेको बताइएको छ।

सरकारले सुरक्षा अङ्गका प्रमुखलाई माओवादीबाट सञ्चालित तालिम तथा आन्दोलन गर्ने भनी भइरहेको तयारीलाई निगरानीमा राखी सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिएको छ। रासस

0 comments: