रासस कपिलवस्तु , वैशाख ११ - उद्योग राज्यमन्त्री दानबहादुर चौधरी जिल्ला पुग्दा उनको स्वागतका लागि आयोजना गरिएको कार्यक्रमका लागि यहाँका शिक्षकहरूको तलब काटिएको खुलासा भएको छ ।
छत्रपाली तीर्थादेवी उच्च मावि, पकडीका शिक्षकहरूको चैत महिनाको तलब कुनै जानकारी नदिई प्रधानाध्यापकले काटेपछि उक्त रहस्य खुलासा भएको हो ।
कपिलवस्तु आएका राज्यमन्त्री चौधरी र तत्कालीन शिक्षामन्त्री रामचन्द्र कुसवाहाको स्वागतका लागि शिक्षकको तलब काटिएको शिक्षक प्रभुप्रसाद यादवले बताए ।
मन्त्रीको स्वागतमा खर्च भएको भन्दै सो विद्यालयका मावि शिक्षकको रु. एक हजार, निमाविको रु. सातसय र प्रावि शिक्षकको रु. पाँचसयका दरले तलब काटिएको शिक्षक प्रभु यादवले बताए ।
प्रधानाध्यापक नरेन्द्र चौधरीले शिक्षकहरूसाग कुनै सर सल्लाह नगरी आफू खुसी मन्त्री रिजाउन स्वागतमा खर्च गरेपछि शिक्षकहरू आक्रोसित बनेका छन् ।
Saturday, April 24, 2010
मन्त्रीको स्वागतका लागि शिक्षकको तलब काटियो
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment