मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

नवलपरासीमा माओवादीविरुद्ध प्रदर्शन

बृजराज कुशवाहा ११ बैशाख, नवलपरासी । आफ्नो पार्टी कार्यालय परासीमा नेकपा माओवादीका कार्यकर्ताले गरेको आगजनीको विरोधमा नेकपा एमालेले शनिाबार विरोध प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयमा आगजनी गर्ने माओवादी कार्यकर्तालाई कारवाही तथा क्षतिपूर्ति एवं आफ्ना घाइते कार्यकार्यकर्ताको उपचार खर्च उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरुल परासी बजार परिक्रमापछि विरोध सभा गरेका छन् ।

विरोधसभामा माओबादी पार्टी बाहेक अन्य सबै राजनीतिक दलले ऐक्यबद्धता जनाउँदै शान्ति सम्झौता विपरित हिंसात्मक क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।

केहीदिन अघि एमाले कार्यकर्ताले आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै माओवादीले शुक्रबार अपरान्ह उनीहरुले एमाले जिल्ला पार्टी कार्यालय परासीमा आगजनी गरेका थिए । आगजनीमा एमालेको पार्टी कार्यालयमा रहेको फर्निचर, कागजपत्र, स्टेशनरी टेलीफोन र फैक्स लगायतका सामान जलेर नष्ट भएको थियो । साथै उनीहरुले एमाले जिल्ला सचिवमाथि पनि आक्रमण गरी घाइते बनाएको थियो । (अन्लाइनखबर)

0 comments: