काठमाडौ, वैशाख १२ - प्रधानमन्त्री माधवकुमार नेपालले आफू झुकेर राजीनामा नदिने बताएका छन् । उनले प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल विकल्प हुन नसक्ने पनि बताए ।
सर्खेत घटनामा घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल भेटन पुगेका प्रधानमन्त्री नेपाल माओवादीप्रति आक्रमक देखिएका थिए । हिंसात्मक कार्यलाई बढावा दिने दाहाललाई प्रधानमन्त्री बनाउन नसकिने उनको कथन थियो । प्रधानमन्त्रीका लागि अन्य विकल्प आए आफूले सोंच्न सक्ने उनले उल्लेख गरे ।


0 comments:
Post a Comment