नारायण ढुंगाना १२ वैशाख, चितवन । आउँदो १८ गते गर्ने बृहद जनप्रदर्शनका लागि चितवनका माओवादी कार्यकर्ताहरुले आफ्नो गहना बेचेर आर्थिक सहयोग गरेका छन् । सहयोग गर्नेमा माओवादी जिल्ला ईन्चार्जदेखि सामान्य कार्यकर्तासमेत छन् ।
संविधानसभा निर्बाचनको बेला चितवन क्षेत्र नं. ५ की उमेदवारसमेत रहेकी अम्बिका मुडबरीले आफूले लगाएको गहना बेचेर सात हजार पाँच सय रुपैयाँ र पार्टीकी महिला प्रतिनिधि अस्मीताले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
जिल्ला इन्चार्ज अनिल शर्मा ‘विरही’लगायत जिल्ला समितिका सबै सदस्यहरु, राज्यसमितिको प्रतिनिधित्व गर्ने सबै पदाधिकारीहरुले सहयोग प्रदान गरेका हुन् । जिल्ला इन्चार्ज विरहीले दिएको जानकारीअनुसार पार्टी कार्यकर्ताहरुले सबैभन्दा बढी ५० हजार र सबैभन्दा कम एकहजार पाँचसय रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।
माओवादी पार्टी कार्यालय चितवनको अनुसार सहइन्चार्ज शोभा कट्टेल र दण्डपाणी पौडेलले ५०/५० हजार, इन्चार्ज विरही, सह-इन्चार्ज ठाकुर ढकाल र शैलेशले २५/२५ हजार रुपैयाँ, सह इन्चार्ज अविनास, सेक्रेटरी अमर, सहायक सेक्रेटरी ओम पाण्डे र विप्लवले जनही २०/२० हजार रुपैयाँ सहयोग गरेका छन् ।माओवादीले विभिन्न संघसंस्था र उद्योगी व्यवसायीसँग पनि आर्थिक सहयोग मागेको छ । (अनलाइनखबर)
Sunday, April 25, 2010
जनप्रदर्शनलाई गहना बेचेर आर्थिक सहयोग
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment