मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

भूले शहिदलाई/शालिकमा फुल चढाउने श्रीमती र भाइमात्र

विमल खतिवडा पर्वत, वैशाख १२ - शहिद गोविन्दनाथ शर्माको शालिक रहेको लोकतान्त्रिक चोक शनिवार सुनसान जस्तै देखिन्थ्यो । चोकमा भेलाभएका केही सर्वसाधरण २०६२/०६३ को आन्दोलन आपसमा समिक्षा गर्नमा व्यस्त थिए । चोकमा विभिन्न संघसंस्थाको सहयोगमा निर्मित शहिदको शालिक फुस्रो र उदाङगो बनेको थियो । राजनैति दलका नेता र सरकारी कार्यालयका कर्मचारी आफ्नै व्यक्तिगत काममा व्यस्त थिए ।

शर्माका परिवार भने शहिदलाई सम्झी कोही शालिकमा आएर पूजा गर्छन्की भन्दै प्रतिक्षारत थिए । विहान सात बजेदेखि प्रतिक्षारत परिवारले ११ बज्दासम्म कोही पनि शालिकको पूजा गर्न र कार्यक्रम गर्न नआएपछि श्रीमती भगवती शर्मा, भाई देव शर्मा र आफन्तले पालैपालो मालालगाई शालिकको पूजा गरे ।

'मर्ने वेलामा तिम्रो साथ दिने धेरै थिए । तर, आज मरेपछि साथ दिने र सम्झने हामी परिवार मात्रै भयौं' भगवतीले पूजा गर्दै भनिन, 'तिम्रो रगत र वलिदानले सही निकास पाएन, नत संविधान नै बन्ने भो नत नेताहरु मिल्ोर देश चलाउने भए, त्यसैले तिमी सपनामा आएर सुतेका नेतालाई व्युँझाई संविधान लेख्न लगाउ ।'

माल्यार्पण गर्न आफैं शालिकमा चढेकी शर्माले जवसम्म नेताहरु संविधान बनाउन र कुर्सीको खिचातानी छाड्दैनन्, तबसम्म सपनामा आएर खबरदारी गरिरहन शहिद श्रीमानलाई आग्रह गरिन् । निकै भावुक देखिएकी शर्माले शहिदका सपना पुरा गर्न नलागेर सबै दलका नेता आफ्नो दुनो सोझ्याउने कार्यमा व्यस्त भएको आरोप लगाईन ।

शहिद शर्माल सहदत पाउनु अघि दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध थिए । उनका दुई श्रीमती, एक छोरा र पाँच छोरी छन् । लोकतन्त्र ल्याउन र राजतन्त्रको अन्त्य गर्न आन्दोलनमा होमिएका बेला ०६३ बैशाख ८ गत्ते सुरक्षाफौजले चलाएको गोली लागेर घाईते भएका उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा १२ गत्ते मृत्यु भएको थियो ।

त्यु भएको चार बर्ष विति सक्दापनि राजनैतिक दल, सरकारी निकाय र नागरिक समाजले लोकतन्त्र दिवसको दिन नसम्झने गरेको भाई देव शर्मालै बताए । उनले शर्माको पुण्यतिथिमा उद्योग वाणिज्य संघले श्रद्धाञ्जली कार्यक्रम गर्दै आएपनि अन्य क्षेत्रले कुनै किसिमको कार्यक्रम गर्ने गरेको छैन । शर्मा जनआन्दोलनका धौलागिरी अञ्चलकै पहिला र एक मात्र शहिद हुन् ।

सरकारले शर्माका छोराछोरी र श्रीमतीलाई मासिक रुपमा आर्थिक सहयोग प्रदान गर्दै आएपनि परिवारले आर्थिक सहयोग गरेरमात्र शहिदको सपना र सरकारको दायित्व पुरा नहुने बताएका छन् । 'शहिदको रगत पैसामा तुलना गरेर पुग्दैन' भाई देव शर्माले भने, 'शहिदका नाममा विविध कार्यक्रम र उनीहरुको नाममा पार्टी पौवा तथा विद्यालयको स्थापना गरिनु पर्छ ।' शर्माका अनुसार दाईले ज्यान वलिदान नदिएको भए आज यसरी सबैले लोकतन्त्रको छायाँमा बसि सुखसँग जीवनयापन गर्न पाउने थिएनन् ।

शर्माले सरकार, राजनैतिक दल, नागरिक समाजले शहिद दिवस र लोकतन्त्र दिवसमा शहिदलाई नसम्झिई उनको योगदानका बारेमा भुल्ने गरेको बताए । उनले शहिदको शालिकमा पुजा र माल्यार्पण नगरेपनि उनीहरुको बलिदानबाट प्राप्त लोकतन्त्रको सहि सदुपयोग गर्न सबैलाई आग्रह गरे ।

'तोकिएकै समयमा संविधान बन्नु पर्छ' शर्माले भने, 'समयमै संविधान नबने शहिदले बगाएको रगत व्यर्थ हुनेछ ।' श्रीमती भगवतिले लोकतन्त्र दिवसको दिनमासमेत कसैलेपनि शहिदलाई नसम्झदा चित्त दु्ःखेको बताईन । उनले शहिदको योगदान र वलिदानलाई सरकार र दलका प्रतिनिधिले भुलेर केही कार्य गर्छन् भने त्यो पुरा नहुने सुझाव दिईन । (इकान्तिपुर)

0 comments: