शेरबहादुर केसी, बुटवल, बैशाख १२- परीक्षामा प्रश्नपत्र अप्ठारो आएको भन्दै बिद्यार्थीहरुले परीक्षा बहिष्कार गरी यहाँ स्थित सिसिटी कलेज तोडफोड गरेका छन्।बिबिए र बिसिआईएस पहिलो सेमेष्टरको फाइनान्सिएल एकाउण्टको परीक्षा रद्ध नभएको भन्दै बिद्यार्थीहरुले आइतबारको अंग्रेजीको परीक्षा बहिष्कार र कलेज तोडफोड गरेका हुन्।
बिद्यार्थीले प्रश्नपत्र अप्ठारो आएको भनेको फाइनान्सिएल एकाउण्ट बिषयको परीक्षा गत बिहीबार भएको थियो। लुम्बिनी ईञ्जिनियरिङ क्याम्पस भलवारी परिक्षा केन्द्रबाट परिक्षा वहिष्कार गरि आएका बिद्यार्थीले सिसिटी कलेज तोडफोड गरेका हुन्। दुई सय भन्दा बढी बिद्यार्थीले नारा लगाउदै ढुङगा, इट्टा र लाठीले कलेजमा तोडफोड गरेको सिसिटी कलेजका प्रिन्सीपल देवी भण्डारीले बताए।
"कलेजमा शान्तपूर्वक परीक्षा भइरहेको थियो। एक्कासी बिद्यार्थी आएर कलेजमा तोडफोड गरे,' - उनले नागरिकलाई भने। तोडफोडले परीक्षा दिइरहेका बिद्यार्थी त्रसित भएपछि आधाघण्टा अगाडि नै परीक्षा स्थगित गरिएको थियो।
तोडफोडले कलेजका अधिकांश झ्यालका सिसा फुटेका छन्। कलेजका चार वटा बस,एउटा टाटासुमो र फार्मेसी ल्याबमा पनि तोडफोडले नोक्सान भएको प्रिन्सीपल भण्डारीले बताए। तोडफोडबाट करिब ४० लाख रुपैंया बराबरको क्षति भएको कलेजले दावी गरेको छ।
कम्पाउण्ड भन्दा बाहिर बाटै तोडफोड गर्दै भित्र पसेका बिद्यार्थीहरु परीक्षा चलेको भवनको च्यानल गेटमा ताला लगाएकोले भित्र पस्न नसकेको कलेजले जनाएको छ। यहा क्षितिज, एक्सिस, सिसिटि कलेजको केन्द्र परेको थियो।
लुम्विनी इञ्जिनियरिङ कलेज भलवारीमा तिलोत्तमा उच्च मावि र बृहस्पती कलेजको केन्द्र परेको थियो। तोडफोडमा संलग्न तीन बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (नागरिकन्यूज)
Sunday, April 25, 2010
प्रश्नपत्र अप्ठ्यारो आएको भन्दै कलेज तोडफोड
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment